आइतवार, कार्तिक २८, २०७८
जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य हुन्न : पूर्णमान शाक्य

जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य हुन्न : पूर्णमान शाक्य


  • स्वदेश नेपाल
  • आइतवार, कार्तिक २८, २०७८

काठमाडौ

सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्नु विषयमा छलफल भएको थियो । त्यसतर्फ संकेत गर्दै शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने बताए ।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’

यो पनि पढ्नुहोस्

आन्दोलनकारीलाई छलेर अर्कै बाटोबाट आजपनि प्रधानन्यायाधीश जबरा छिरे सर्वोच्च

नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् ।

नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरिछाडेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरबाटो हुँदै सर्वोच्च छिरेका थिए ।

चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट