बुधबार, कार्तिक ३, २०७८
सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालबाट गगन थापा निर्वाचित

सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालबाट गगन थापा निर्वाचित


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौँ ।

विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खवरले आफूलाई उत्साहि बनाएको उल्लेख गर्नु भएको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं. ४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अहिले तेस्रो पटक सांसद भएका हुन् । थापा पहिलो पटक समानुपातिक प्रणाली मार्फत निर्वाचित भएका थिय भने बाँकी दुई पटक प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले यसअघि पनि अरु धेरै अन्तर्राष्ट्रिय मंचहरुमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट