बुधबार, कार्तिक ३, २०७८
थाईल्याण्डमा उपचाररत माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?

थाईल्याण्डमा उपचाररत माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौं-

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
थाईल्याण्डमा उपचाररत पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको उनका स्वकीय सचिव सन्तोष पुनले बताए।

जटिल खालको जन्डिस रोगबाट ग्रसित पुनको स्वास्थ्यस्थिति कमजोर भएपछि गत असोज १३ गते थाईल्याण्ड लगिएको थियो। जन्डिसको समस्या भएपछि कलेजोमा समस्या हुनुका साथै वान्ता आउने समस्या भएपछि उपचारका लागि थाईल्याण्ड लगिएको थियो।

‘अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । केही समय सबै रिपोर्टहरु हेरिएको छ,’ स्वकीय सचिव पुनले भने, ‘सबै रिपोर्ट सकारात्मक हुँदै गएमा तिहारअघि नेपाल फर्किने तयारी छ।’ पुन लामो समय जन्डिसबाट पीडित हुँदै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट