बुधबार, कार्तिक ३, २०७८
बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले २ लाख दिने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले २ लाख दिने


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौं । सरकारले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको आ,कस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्ष,तिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो ।

बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्ष,ति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

हाल नेपालमा बेमौसमी वर्षाका कारण बाढी र पहिरोको खतरा बढेको छ। पछिल्ला केही दिनमा देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ५२ जनाको मृ,त्यु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट