बुधबार, कार्तिक ३, २०७८
हिरोइनलाई रात बिताउन आग्रह गरेको समाचार छापेपछि शाहरुखले पत्रकार कुटे, यस्ता छन् विवादित प्रसंग

हिरोइनलाई रात बिताउन आग्रह गरेको समाचार छापेपछि शाहरुखले पत्रकार कुटे, यस्ता छन् विवादित प्रसंग


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

एजेन्सी – अभिनेता शाहरुख खानलाई बलिउडको बादशाह मान्नेहरु धेरै छन्। धेरै सुपरहिट चलचिहरु दिएका शाहरुख चर्चाको शिखरमा त रहेनै, उनी विवादमा पनि परिरहे।

हाल शाहरुख खानका छोरा आर्यन खान जेलमा छन्। क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका आर्यनले जमानत पाउन सकेका छैनन्। यहाँ हामी शाहरुख खानको जीवनमा आइपरेका विवादित प्रसंगहरुबारे चर्चा गर्दैछौं।

१९९२ मा पत्रकारसँग झगडा

शाहरुख खानले १९९२ मा पत्रकारसँग झगडा गरेको विषयमा निकै चर्चामा आयो। उनलाई त्यसबेला पक्राउ गरिएको खबरहरु पनि बाहिर आएका थिए। माया मेमसाब फिल्मका निर्देशक केतन मेहताले हिरोइन तथा श्रीमती दिपालाई शाहरुख रात बिताउन भनेको भनी समाचार आएपछि शाहरुखले पत्रकारसँग झगडा गरेका थिए।

राजनीतिक व्यक्तिमाथि अपशब्द

एकपटक शाहरुखले चर्चित पार्टीका नेतामाथि अपशब्द बोलेका थिए। पछि उनले जोक गरेको भन्दै स्पष्टिकरण दिए। त्यसबेला राजनीतिक दलका कार्यकर्ताले शाहरुख खानविरुद्ध प्रदर्शन पनि गरेका थिए। यो मामिला त्यसबेला निकै विवादित बनेको थियो।

सेक्युरिटी गार्डसँग झगडा, वान्खेडे रंगशालमा प्रतिबन्ध

शाहरुख खानलाई एकपटक वान्खेडे रंगशालामा प्रतिबन्ध लगाइएको थियो। उनको टिम केकेआरले आइपिएल उपाधि जितेका बेला उनले सेक्युरिटी गार्डसँग झगडा गरेका थिए। तर उनले गार्डले छोरी सुहानालाई छिर्न नदिएका कारण उसँग रिसाएको बताएका थिए।

‘माइ न्याम इज खान’ विवाद

शाहरु खानले एकपटक आफ्नो टिम केकेआरमा कुनै पनि पाकिस्तानी क्रिकेटरको नाम नराख्न दबाब दिएको खुलासा गरेका थिए। त्यसपछि शुभ सेनाका नेता बाल थाकरेले उनको फिल्म ‘माइ न्याम इज खान’लाई रिलिज हुनबाट रोक्न खोजेका थिए।

एयरपोर्टमा अवरोध

शाहरुखलाई युएस एयरपोर्टमा धेरैपटक रोकिएको थियो। त्यसपछि उनले ट्विटरमा यसबारे आफ्नो आक्रोश पोखेका थिए। त्यसपछि शाहरुख विवादमा तानिएका थिए।

धुम्रपान विवाद

शाहरुख खान एकपटक धुम्रपान गरिरहेको अवस्थामा भेटिएका थिए। सार्वजनिक स्थानमा प्रतिबन्ध गरिएको धुम्रपान गरेपछि उनीविरुद्ध मुद्धा दर्ता भएको थियो।

आर्यन खान पक्राउ

एनसीबीले आर्यन खानलाई पक्राउ गरेपछि शाहरुखले छोरालाई दिएको संस्कारबारे चर्चा भइरहेको छ। यसबाट शाहरुखले आर्थिक घाटासँगै अपमान पनि सहनुपरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट