बुधबार, कार्तिक ३, २०७८
‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’

‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्।

बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्।

ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने पनि दावी गरे । वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गर्दै ओलीले एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी समेत गरे । ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन् कति ?’ ओलीले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।’

उनले दुनियाँमा यस्तो कही नभएको समेत बताए । एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेको ओलीले चर्चा गरे । उनले काम गर्न हुती चाहिने पनि बताए । ‘त्यसकारण त एमाले चाहिन्छ । काम गर्न एमाले चाहिन्छ’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई पछि धकेल्न देशभित्रको मात्रै होइन, विश्वकै शक्ति लागेपनि एक कदम मात्रै पछि धकेलिने बताए ।

उनले एमालेको अभिष्ट सरकार बनाउने भन्दा पनि देश बनाउने रहेको भन्दै देश बनाउने निश्चित गरेर मात्रै सरकार बनाउने बताए । उनले नेकपा एमालेका सांसदहरु मन्त्री पाउन माधव नेपालको पार्टीमा गएको भन्दै ती व्यक्तिले धव्वा लगाएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट