बुधबार, कार्तिक ३, २०७८
एमालेले बोलायो स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

एमालेले बोलायो स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने बताइएको छ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबारका लागि बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार, बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनबारे छलफल हुनेछ।

त्यस्तै अविरल वर्षाका कारण भएको धनजनको क्षति, पीडितलाई राहत उपलब्ध गराउन सरकारले गरेको काम आदि विषयमा पनि बैठकमा चर्चा हुनेछ।

एमालेले आगामी १० देखि १२ मंसिरमा दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ। बैठकमा महाधिवेशनबारे विशेष छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट