बुधबार, कार्तिक ३, २०७८
८ जिल्लाका सीडीओ फेरिए, को-कहाँ पुगे (सूचीसहित)

८ जिल्लाका सीडीओ फेरिए, को-कहाँ पुगे (सूचीसहित)


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौं :

८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरु हेरफेर गरिएको छ। गृह मन्त्रालयले ८ जिल्लामा सिडिओ हेरफेर गरेको हो। असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।

गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो।

गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज पौडेललाई मन्त्रालयमा तानेको छ।

यस्तै गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा गरेको छ।मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । असोज ३१ गतेको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका सीडीओसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।

हेर्नुहोस् सरुवा सूची:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट