बुधबार, कार्तिक ३, २०७८
ड्रग्स काण्डमा मुछिएका आर्यनको च्याट बाहिरियो, जमानत पाउलान् ?

ड्रग्स काण्डमा मुछिएका आर्यनको च्याट बाहिरियो, जमानत पाउलान् ?


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

काठमाडौँ

शाहरुख खानका छोरा आर्यन खानको जमानतबारे आज निर्णय हुँदैछ ।

मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यनको जमानतको याचिका पछिल्लो थुप्रै दिनदेखि रोकिँदै आइरहेको थियो । १४ अक्टोबरमा सेसन्स कोर्टमा न्यायाधीशले वकिलको बयान छोडेपछि निर्णय सुरक्षित राखेको थियो । आज आर्यनको प्रतीक्षा समाप्त हुनसक्छ । एनडीपीएसको विशेष अदालतले बुधबार शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामाथि आफ्नो निर्णय सुनाउनेछ । आर्यन यतिबेला आर्थर रोड जेलमा छन् ।

उदाउँदै गरेकी नायिकासँग नसाको विषयमा आर्यनको च्याटः

यसैबीच एक भारतीय सञ्चार माध्यमले आर्यन खानले बलिउडकी एक उदाउँदै गरेकी नायिकासँग च्याट गरेको पनि नारकोटिक्स कन्ट्रोल ब्यूरोले जानकारी दिएको छ । उक्त च्याटमा नशाको विषयमा कुराकानी भइरहेको थियो ।

अदालतमा बहसका बेला एनसीबीको समूहले आरोपीको जुन च्याट अदालतलाई सुम्पिएको छ त्यसमा आर्यनसँग यी नायिकाको च्याट पनि समावेश छ । यसका साथै आर्यनले केही लागुऔषध कारोबारीसँग गरेको च्याट पनि अदालतलाई सुम्पिइएको थियो ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले अदालतमा आर्यन खानलाई जमानत नदिने विरुद्ध आफ्ना तर्क पेश गरेको थियो । अदालतमा दुबै पक्षबीच लामो बहस चलेको थियो । एनसीबीले आर्यनको अन्तरराष्ट्रिय लागुऔषध कारोबारीसँग सम्बन्ध भएको बताएको थियो । एनसीबीका अनुसार यो निकै ठूलो षड्यन्त्र हो जसको अनुसन्धान हुन आवश्यक छ । आर्यनले अरबाजसँग ड्रग्स लिने गर्दथे ।

यस्तै, आर्यन खानका वकिल अमित देसाईले स्टारकिडको गिरफ्तारीलाई आधारहीन बताएको छ । आर्यनबाट कुनै लागुऔषध र पैसा नभेटिएको उनका वकिलले बताएका छन् । आर्यनका वकिलका अनुसार जुन व्यक्तिले आर्यनलाई पार्टीमा बोलाएका थिए ती पक्राउ परेका छैनन् । आर्यनको मुनमुन धमेचासँग कुनै सम्बन्ध छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट