मङ्लबार, कार्तिक २, २०७८
यसरी रोक्न सकिन्छ, सुत्दा मुखबाट र्याल निस्किने समस्या

यसरी रोक्न सकिन्छ, सुत्दा मुखबाट र्याल निस्किने समस्या


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

काठमाडौँ

मुखबाट र्‍याल निस्कनु राम्रो कुरा हो किनकि र्‍यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै र्‍याल आउँछ ।उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेरै र्‍याल बन्छ । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा र्‍याल चुहिन्छ ।

यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी त्यसको उपचार बताउँदैछौं ।

तुलसीको पात

रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा र्‍याल चुहिन छोड्छ ।

फिटकिरी

फिटकिरीको पानीले पनि र्‍यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा र्‍याल बन्न पाउँदैन ।

दालचिनी

दालचिनीको चियाले पनि र्‍याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ ।

अमलाको धूलो

अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति र्‍याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठीक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट