मङ्लबार, कार्तिक २, २०७८
बदलिँदो मौसममा पिनासको जोखिम, पिनास हुँदा के खाने,के नखाने ?

बदलिँदो मौसममा पिनासको जोखिम, पिनास हुँदा के खाने,के नखाने ?


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

काठमाडौँ

पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडि गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ । साइनसमा पातलो झिल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ ।

पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडि गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ । साइनसमा पातलो झिल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ ।

पिनास रोगका मुख्य कारण – रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनाव आदि हुनु ।

पिनासको लक्षण – शरीरमा अत्यन्त पीडा हुनु , नाक सुख्खा हुनु, श्वासमा दुर्गन्ध, गन्धबोधमा कमी हुनु, निरन्तर रुघा लाग्नु, तातो वाफ र पिप निस्कनु, नाकको भागमा सुन्नीनु, अनुहार वरिपरी सुन्नीएको अनुभव, निरन्तर सिंगान बग्नु आदि हुनु ।

पिनासबाट बच्ने उपाय तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने
नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने, नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने,

दुग्ध पदार्थ अत्यन्त कम खाने ।

भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, नियमित प्राणयाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने ।

धूम्रपान त्याग्ने

तुलसी एवं बेसार पानी पिउने र बाफ लिने, उपयोगी जडिबुटीहरु, बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली

खान र गर्न हुने कुरा

पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

खान र गर्न नहुने कुरा

दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।

घरेलु उपचार

बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
नुनपानीले दिनको २,३ पटक कुल्ला गर्ने

सिंधे नुनअदुवा, हरिद्रा आदि तातो पानीसँग पिउने
आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवा सुघ्ने
पटक पटक मनतातो पानी पिउने

पिनासको आयुर्वेदिक उपचार

तेल मालिस- तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।

स्टिम थेरापी – औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
सकिन्छ ।

योग र प्राणयाम

रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।

उपयोगी प्राणयाम – कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट