मङ्लबार, कार्तिक २, २०७८
छोराका कारण हारेको महसुस गर्दैछन् शाहरुख खान

छोराका कारण हारेको महसुस गर्दैछन् शाहरुख खान


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

एजेन्सी – बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान ड्र,ग्स प्रकरणमा जेलमा छन्। क्रुजमा ड्र,ग्स पार्टी गरेको आरोपमा उनी पक्राउ परेका थिए।

लगातारको प्रयासपछि पनि आर्यनले जमानत पाउन सकेका छैनन्। यद्यपि शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन्।

आर्यन मामलाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ। किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन्।

शाहरुख छोराको मामलामा कुनै कुराको कमी हुन नदिने मनस्थितिमा पुगेका छन्। त्यसकारण उनले आफ्नो पहलमा स्पेशल लिगल टिम बनाएर आर्यनलाई छुटाउन पूर्ण रुपमा तयारी गरिरहेका छन्। शाहरुख बुधबारको सुनुवाईको प्रतिक्षामा छन्। शाहरुखले आफ्नो विशेष लिगल टिममा दिग्गज कानून व्यवसायीहरुलाई समेटेका छन्।

शाहरुखका एक नजिकका साथीका अनुसार यो टिमले आर्यनलाई जमानतबाट छुटाउने प्रयास गर्नेमात्र होइन, अन्य केही काम गर्ने पनि योजना बनाएको छ।

‘वास्तवमा भन्ने हो भने शाहरुखले कहिल्यै पनि आफूलाई यति विवस र हारेको महशुस गरेका थिएनन्। शाहरुख र गौरीको लागि अहिलेको अवस्था निकै चुनौती र अन्यौलपूर्ण छ,’ ती व्यक्तिले भने, ‘एकदिन आर्यन उनीहरुको साथमा थिए। फेरि अचानक एकदिन एनसीबीको नियम तोडेको आरोपमा जेलमा छन्। यो कुराले उनीहरुलाई दुःखी बनाएको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट