सोमवार, कार्तिक १, २०७८
आमा छोरा दुवैजना एकैपटक बने नेकपा एसको केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज

आमा छोरा दुवैजना एकैपटक बने नेकपा एसको केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक १, २०७८

झापा :

दशैं मनाइरहेका बेला झापाका शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरेका लागि नेकपा एकीकृत समाजवादीले खुसीको उपहार दिएको छ । आमा छोरा दुवैजना एकैपटक नेकपा एसको केन्द्रीय सदस्य र झापा जिल्ला सहइन्चार्ज बनेका छन् ।

नेकपा एसले शनिवार जारी गरेको अन्तरपार्टी सर्कुलरमा आमालाई पूर्ण केन्द्रीय सदस्य र छोरालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनय गरिएको उल्लेख छ । कार्यक्षेत्र पनि दुवै आमा छोरालाई झापा नै तोकिएको छ ।

मेचीनगर नगरपालिका- १०,धुलाबारीका बासिन्दा शारदा शर्मा चारआलीस्थित शहीद दशरथ चन्द माविकी शिक्षिका हुन् । उनी आगामी मंसिरबाट अवकाश हुँदैछिन् । त्यस्तै अशेष अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै पछिल्लो समय नेकपा एसका उपमहासचिव डा।विजय पौडेल सञ्चालक रहेको जनता टेलिभिजनमा समेत कार्यरत छन् । पेशाले इन्जिनियर अशेष नेकपा एसबाट सम्भवतः सबैभन्दा कान्छो केन्द्रीय सदस्य हुन् ।

अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य समेत रहेका अशेषले नेकपा एसको केन्द्रिय कमिटिमा युवा बिद्यार्थीहरुलाई संख्यात्मक रुपमा उल्लेख्य जिम्मेवारी दिने उद्देश्यले आफु केन्द्रिय सदस्य भएको बताए ।
बहालवाला शिक्षकलाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको नेकपा एसले आफ्नै निर्णय बिरुद्ध बहालवाला शिक्षक शारदा घिमिरेलाई पार्टीको केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट