आइतवार, अशोज ३१, २०७८
तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न युवा नेता महरको माग

तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न युवा नेता महरको माग


  • स्वदेश नेपाल
  • आइतवार, अशोज ३१, २०७८

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न माग गरेका छन्। शिक्षकको दरबन्दी रिक्त हुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै महरले यस्तो माग गरेका हुन्।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन्। ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको लामो समय भएको छ,’ उनले भने, ‘यसबाट विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको छ।’

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उठाउन, शिक्षालाई सीपमुलक र देशको विकासको आवश्यकतासँग जोड्ने गरि कार्यक्रम ल्याउनुपर्ने महरले बताए। नैतिकतामा आधारित मानवतावादी शिक्षालाई मुलमन्त्र बनाएर देशमा कृषि, उद्योग, विज्ञान तथा प्रविधिको विकासमा फड्को मार्ने बेला आएको उनको भनाइ छ।

‘यिनै अहम विषयसँग शिक्षा जोडन सके मात्र हामी २१ शताब्दीको विश्व सँग प्रतिस्पर्धा गर्न सक्छौं। शिक्षकको सीप तथा क्षमता विकासका लागि प्रभावकारी र वैज्ञानिक तालीम निरन्तर रुपमा आयोजन गर्नुपर्नेछ,’ महरले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट