बुधबार, अशोज २७, २०७८
अल्मुताइरीले भावुक हुँदै भने- ‘साफ सक्किएपछि म नेपाल फर्किन्न’

अल्मुताइरीले भावुक हुँदै भने- ‘साफ सक्किएपछि म नेपाल फर्किन्न’


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २७, २०७८

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल नफर्कने घोषणा गरेका छन् ।

प्रशिक्षक अल्मुताईरीले बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँगको खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा आफू साफपछि नेपाल नफर्कने घोषणा गरेका हुन् ।

उनले आफूले नेपालमा रहँदा नै राजिनामा दिईसकेकोले साफपछि लागु हुने गरी आफूले पद त्यागको घोषणा गरेको बताए ।

उनले आफूले पहिलोपटक नेपाल पुग्दा नेपाली टोलिलाई एएफसी एशियन कप छनौटको तेश्रो चरणमा पुर्याउने र साफ च्याम्पियनसिपको फाईनलमा पुर्याउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै आफ्नो कर्तब्य पुरा गरेको जिकिर गरे ।

बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाईनलमा पुग्न सफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट