सोमवार, अशोज २५, २०७८
रामचन्द्र पौडेलको गुनासो, ‘निष्ठाको राजनीति हराउँदै गयो’

रामचन्द्र पौडेलको गुनासो, ‘निष्ठाको राजनीति हराउँदै गयो’


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २५, २०७८

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् ।

कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ ।’ पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँ स्वरुप दिनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताएका छन् ।

वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट