आइतवार, अशोज २४, २०७८
राजकुमार घिमिरेद्वारा निर्देशित ‘मुसु मुसु’को म्यूजिक भिडियो यस्तो बन्यो (भिडियो)

राजकुमार घिमिरेद्वारा निर्देशित ‘मुसु मुसु’को म्यूजिक भिडियो यस्तो बन्यो (भिडियो)


  • स्वदेश नेपाल
  • आइतवार, अशोज २४, २०७८

सानै उमेरदेखि गीत सांगितमा रमाउदै आएकी सुष्मा अधिकारी पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रकी चिरपचिरित अनुहार हुन् ।

सुष्मा पछिल्ला दिनमा क्रमश जम्दै गइरहेका बेला उनले अभिनय गरेको नयाँ गीत मुसु मुसुको भिडियो सार्वजनिक भएको छ ।

केहि महिना पहिले नै सुटिंग सकिएको भए पनि लकडाउनको कारणले रिलिज गर्न ढिलो भएको उक्त म्यूजिक भिडियोमा अशोक शिवाको स्वर , शब्द तथा संगीत शृजना रहेको गीतमा सुन्दरी सुष्मासँगै रियाज आचार्य, अशोक, मेनुका प्रधान, टाइसन, मोनिका र आरएनको अभिनय देख्न सकिन्छ ।

सुमन तामागंको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोको निर्देशन राजकुमार घिमिरेले गरेका हुन् ।

वैँशालु उमेरमा प्रेम र रोमान्समा पर्ने युवायुवतीको रमाइलो कथालाई रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएसँगै चर्चा सुरु भएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट