शनिबार, अशोज २३, २०७८
महि’नावारी भएको कति दिनमा यौ’नसम्पर्क गर्दा गर्भ रहन्छ ?

महि’नावारी भएको कति दिनमा यौ’नसम्पर्क गर्दा गर्भ रहन्छ ?


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २३, २०७८

काठमाडौँ –

विभिन्न सामाजिक परिवर्तनसँगै यौ’नसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौ’नसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौ’नसम्पर्कका आ–आफ्नै स’मस्या हुन सक्छन् ।

के महिनावारी हुँदा यौ’नसम्पर्क गर्न हुन्छ ?

कतिपय समाजमा म’हिनावारीका बेला यौ’नसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । म’हिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौ’नसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन ।

महि’नावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट यो रगत बाहिर आउँछ। पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्मजीवलाई पनि भित्र जान दिँदैन। यौ’नसम्पर्क गर्दा यो’निरसको सम्पर्कमा लि’ङ्ग आउछ । त्यसैगरी थोरै भए पनि लिङ्ग’बाट आउने रसको सम्पर्कमा यो’नि पनि आउँछ। स्वस्थ व्यक्तिको बीचमा भएको यौ’नसम्प’र्कमाआउने यस किसिमको रसले हा’नि गर्दैन त्यसैले यसको कारणले डराउनु पर्दैन ।

महि’नावारी भएको कति दिनमा से’क्स गर्दा गर्भ रहन्छ ?

महि’नावारी भएको कति दिनमा से’क्स गर्दा सुरक्षित दिन कुन कुन हो एकीन गर्न गाह्रो विषयको रहेको छ । महिलाहरुको नियमित महि’नावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ

– डिम्ब निष्कासन
-यौ’न सम्प’र्क
– वी’र्य स्ख’लन
– डि’म्ब निषेचन तथा
– डिम्ब’रोपण

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्र’कीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महि’नावारीको नवौं दिनमा यौ’नसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । म’हिनावारी ठीक २८ दिनमा नभएर ढिलो चाँडो हुनेमा यो विधि प्रभावकारी मानिन्न । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महि’नावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महि’नावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४, १८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि स’म्भोग गर्दा ग’र्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौ’नसम्पर्क गर्दा गर्भ रहन सक्छ ।महिला स्वास्थ्य

 

श्रोत: एजन्सी

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट