शनिबार, अशोज २३, २०७८
महिनावारीमा देखिने रगतको फरक रङको संकेत के ? जान्नुहोस्

महिनावारीमा देखिने रगतको फरक रङको संकेत के ? जान्नुहोस्


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २३, २०७८

काठमाडौँ –

महिनावारी हरेक महिलामा हुने एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो ।

महिलाहरुको महिनामा एक पटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । यो प्रक्रिया कसैमा ५ देखि सात दिनसम्म चल्छ भने कतिपय महिलामा ४ देखि ५ दिनसम्म चल्ने गर्छ । महिनावारी भएका धेरै जसो महिलाहरुलाई रिस उठ्ने, वाक वाक आउने, वान्ता हुने, ढाड तथा कम्मर दुख्ने, पेट दुख्ने लगायतका विभिन्न समस्याहरु देखा पर्न थाल्छन् ।

धेरै जसो महिलाहरुलाई यसको बारेमा जानकारी नहुदा वा धेरै कुराको हेरचाह नगर्दा उनीहरुलाई विभिन्न स्वास्थ्य समस्या समेत हुने गर्छ । यसका साथै सबैलाई महिनावारीको समयमा बग्ने रगतको रङ्ग रातो हुन्छ भनेर सोच्ने गर्छन् । तर, वास्तवमा त्यसो हुने हुदैन । रगतको रङ्ग बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुने गर्छ । रगतका विभिन्न देखिने रङ्गले हाम्रो स्वास्थ्य ठिक छ कि छैन भनेर संकेत गर्ने गर्छ ।

ताजा र चाडै बाहिर निस्केको रगत गाढा रातो हुने गर्छ । यो रगतको रङ्ग फिक्का हुन्छ, तर महिनावारी भएको पहिलो दिनमा बाक्लो रुपमा रक्त निस्किने भएको कारणले गाढा देखिने हुन्छ । फिक्का तथा हल्का रातो रङ्गको रगत गइरहेको छ भने हाम्रो शरीर स्वस्थ छ भनेर बुझ्नु पर्छ । यो रगत महिनावारी भएको चौथो दिनसम्म पनि फ्लो भइ रहने गर्छ ।

रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्यो भने यो शरीरमा भएको पुरानो रगत हो भनेर बुझ्नुपर्छ । महिनावारि अनियमित रुपमा भइरहेको छ भने रगतको रङ्ग बाक्लो देखिने गर्छ । रगत लामो समयसम्म पाठेघरमा जाम भएर बसेको हुने गर्दा र महिनावारीको समयमा ढिक्का भएर क्षेक्रा क्षेक्रा बनेर बाहिर निस्कने गर्छ । पाठेघरमाको समस्या हुने सम्भावना भएमा महिनावारिको समयमा गुलावी रङ्गको रगत देखा पर्ने गर्छ ।

यदि महिनावारी भएको बेलामा कालो रगत बग्छ भने यो हाम्रो स्वास्थ्यमा खतराको ठुलो संकेत हुने गर्छ । पाठेघरमा विभिन्न समस्या तथा संक्रमण भएको कारण यस्तो रङ्गको रगत देखा पर्न थाल्छ । यस्तो कालो रङ्गको रगत देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह लिन जानुपर्छ । यस कारणले पछि गएर गर्भ नरहने समस्या समेत हुन सक्छ ।

महिनावारी भएको समयमा शरीरबाट धेरै रगत बग्ने हुदा शरीर कमजोर महशुस हुन्छ र शरीरलाई बलियो बनाउनका लागि पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूलको सेवन गर्नुपर्छ । यस्तो समयमा जिउको उर्जा हराउने हुदा हामीले आराम गर्नु पर्छ यसका साथै बिस्तारै हिल्दुल पनि गर्ने गर्नु पर्छ । पेट दुख्दा डाक्टरको औषधि भन्दा पानी घरेलु उपचारले यसको समाधान गर्नु पर्छ नत्र त्यस्तो औषधिले पछि गएर स्वस्थमा निकै हानी पुर्याउने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट