बिहिबार, अशोज २१, २०७८
बडादशैँको पहिलो दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

बडादशैँको पहिलो दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज २१, २०७८

काठमाडौँ

साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । बुधबारबार ४०० रुपैयाँले घटेको सुनको भाउ आज बिहीबार भने प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस ९कोभिड–१९० महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आएसँगै सुन चाँदी बजारमा तीज बिर्साउने गरी व्यापार बढेको छ । काठमाडौँको न्यूरोड लगायतका ठुला सुनचाँदी बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट