बुधबार, अशोज २०, २०७८
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २०, २०७८

काठमाडौँ –

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार ५०० रुपैयाँ बढेको सुनको भाउ आज बुधबार भने प्रतितोला ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस ९कोभिड–१९० महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुन थालेको छ ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आउँदै गर्दा प्रतिदिन कोरोना भाइरस ९कोभिड १९० संक्रमण घट्दै गएको छ । चार्डपर्वमा मुखैमा पछिल्लो समय सुन चाँदीको व्यपार पनि बढ्न थालेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट