बुधबार, अशोज २०, २०७८
विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ? यस्तो छ विनिमय दर


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २०, २०७८

काठमाडौं । आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४२ र खरिद दर ११८.८२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै डलरको बिक्री मूल्य तोकेको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.८२ रुपैयाँ कायम छ ।

राष्ट्र बैंकले एक युरोको बिक्री मूल्य १३८.५१ रुपैयाँ तोक्दा खरिद मूल्य १३७.८१ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६२.७६ र खरिद मूल्य १६१.९५ रुपैयाँ तोकिएको छ । यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री मूल्य ८६.८२ र खरिद मूल्य ८६.३८ रुपैयाँ कायम भएको छ ।

सिंगापुर डलरको बिक्री दर ८७.९९ र खरिद दर ८७.५४ रुपैयाँ तथा १० जापानी येनको बिक्री दर १०.७४ र खरिद दर १०.६८ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्री १८.५२ र खरिद १८.४३ तथा साउदी रियालको बिक्री ३१.८४ र खरिद ३१.६८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यसैगरी, कतारी रियालको बिक्री ३२.८० र खरिद ३२.६३ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.५१ र खरिद ३२.३५ रुपैयाँ कायम भएको छ । यस्तै, मलेसियन रिंगटको बिक्री २८.५८ र खरिद २८.४३ रुपैयाँमा हुँदा कोरियन १०० वनको बिक्री १०.०६ तथा खरिद १०.०१ रुपैयाँमा भइरहेको केन्द्रीय बैंकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट