आइतवार, अशोज १७, २०७८
साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली

साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १७, २०७८

साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

कुल ७० लाख कित्तामध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । आइपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट