शनिबार, अशोज १६, २०७८
साहस उर्जाको आइपीओ बाँडफाँड हुँदै, कति कित्ता सेयरमा आवेदन परेको छ ?

साहस उर्जाको आइपीओ बाँडफाँड हुँदै, कति कित्ता सेयरमा आवेदन परेको छ ?


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १६, २०७८

काठमाडौं – साहस उर्जाको साधारण सेयर (आईपीओ) भोली (आइतबार) बाँडफाँड हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो।

उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो। जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार विहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ। आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट