शुक्रबार, अशोज १५, २०७८
नेपालको आबश्यकता राष्ट्र केन्द्रीत नयाँ शैक्षिक अवधारणा

नेपालको आबश्यकता राष्ट्र केन्द्रीत नयाँ शैक्षिक अवधारणा


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज १५, २०७८

-अनुप अधिकारी

अघिल्लो लेखमा नेपालको शिक्षा नीति अमानव उत्पादनमा केन्द्रित रहेको कुरालाई व्याख्या गरेका थियौँ। नेपालमा मात्र नभएर विश्वका प्राय सबै देशमा त्यहि शैलीको शिक्षा प्रणाली लागु गरिएको छ। जसको उद्देश्य “कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि काम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने” दास मनोवृत्ति भएका मानव सिर्जना गर्नु हो। आज यसलाई कसरी चिर्न सकीञ्छ भन्ने समाधान सहित आएका छौँ। केहि दोषहरु।

१ ) विद्यालयको हालत शिक्षा बाट नै विचार प्राप्त हुञ्छ, दृष्टिकोण निर्माण हुञ्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ। अहिले देशको अवस्था नियाल्ने हो भने यो कुरा सत्य छ, हालको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित हुँदै छ।

उदारहण

पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ। पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्रो शिक्षा सुचनामा मात्र सिमित छ। त्यत्रो पैसा तिरेर छोराछोरी लाई भ्रष्ट बनाउने तालिममा पठाउने अविभावकको मति बनेको छ, समाजको दुर्गति भएको छ। कसले कति खर्च गरेर आफ्नो छोरा छोरीलाई ठुलो ठग बनाउने भन्ने होड चलेको छ । बाल- बालिकाको व्यवहारमा सकारात्मकता ल्याउन सकेको छ वा छैन ? यसमा कुनै विद्यालयको चाँसो छैन। केवल मासिक शुल्क समयमा आयो आएन यसमा नै सम्पूर्ण ध्यान केन्द्रित छ।विद्यालय संचालकले सोच्न पर्ने विषय।

हामीले चलाएको विद्यालय पढेर कसैको छोरा छोरी अटेरी, सम्बेधनाहिन, कर्तब्यहिन, र देश खोक्रो पार्ने भ्रष्टाचारी बञ्छ भने हामीले के गर्दै छौँ ? देश खोक्रो पार्ने धमिरा निर्माणमा केन्द्रित भएको देख्न सकिएला ? कुनै विद्यार्थीको अविभावकले समयमा शुल्क बुझाउन नसकेमा, ती अवोध विद्यार्थीलाई सबैको सामु समयमा शुल्क नबुझाउने भनेर उसको गरिवीको बेइज्जत गरेर भए पनि, अविभावकलाई दवाब सृजना गरिञ्छ। यही व्यवहारले त्यो बच्चाको मनोविज्ञान दुषित गर्छ। उसको चिन्तन कस्तो बञ्छ थाह छ ? इज्जत बेइज्जत नो मतलव, एनी हाउ पैसा कमाउ। यो सोँच हावी गराउँछ त्यो दरिद्र व्यवहारले। अनि त्यहि बच्चा स्कुल आउन लाज माञ्छ। उस्तै परे नशा रोज्छ, स्कुल छोड्छ र टोले गुण्डा बञ्छ। पढाइको नामम मस्तिष्क सडाई भनेको यहि हो। एक चोटी छातीमा हात राखेर सबै विद्यालय संचालकले याद गरौँ, कतिको जीवन वर्वाद गर्यो होला त्यस्तो दुषित मानसिकताले ?

२) शैक्षिक संगठनहरु

सिधै भाषामा भन्नुपर्दा कमिसनको जालो। यिनीहरूको उद्देश्य शिक्षाको गुणस्तर बढाउनु भन्दा पनि पुस्तक प्रकाशकहरुसँग प्रति पुस्तक पाँच देखि दस रुपैयाँ कमिसन खानु, बेल्ट, टाई आदि व्यापारीसंग प्रति पिस १५-२० रुपैयाँ खानु नै इनको कार्यक्षेत्र हो। जतिपनि आवासीय गैरआवासीय निजी शिक्षण संस्थाहरूको संगठन छन् सबैको उद्देश्य एति मै सिमित छ भन्दा अतियुक्ति नहोला। उदाहरणको लागि हजुरको दुइ छोराछोरी छन्, एउटा ९ मा अर्को १० मा अध्ययनरत छन् भने १० बाट पास भएर जानेको पुस्तक अर्को साल ९ बाट १० मा आउने सँग मिल्दैन, नयाँ खरिद गर्नु पर्छ। यो फेर्नुको एक मात्र उद्देश्य प्रत्येक पुस्तकमा पैसा खानको लागी हो।

यिनीहरुले कहिल्यै पनि शिक्षण संस्थाले राम्रो नैतिकवान, निष्ठावान, इमान्दार, देशप्रेमी आदि देशको आवश्यकता अनुसार जिम्मेवारी वहन गर्न सक्ने व्यक्तित्व पैदा गर्न सकेन भन्ने चासो/चिन्ता राख्दैनन्। मतिभ्रष्टहरूको चेत यो कोणबाट खुल्दैन, न नै इनको दिमागले यो आयामबाट सोच्न सक्छ। यस्ता संस्थाहरुले एकताबद्ध भएर गतिलो पाठ्यक्रम बनाउनको लागि सरकारलाई दबाब दिन सक्नुपर्छ। राष्ट्र निर्माणमा योगदान गर्नसक्ने मानवस्रोत हासिल हुने बारे कार्यक्रम, छलफल, बहस, मन्थन गरेर ठोस निष्कर्ष निकालेर सरकारलाई दबाब दिन सक्नुपर्छ। या त पाठ्यक्रम गतिलो बनाउ होइन भने हामी विद्यालयको पठन पाठन केहि समय स्थगित गर्छौं। हाम्रो विद्यालयबाट कोहि पनि देश खोक्रो पार्ने मान्छे नबनोस्, राम्रो मान्छे निर्माण गर्न सकियोस् भन्ने मुल्यमा अडान लिन सक्नुपर्छ। तर ठग्न पाइएको छ, त्यहि सरकारमै रहेका पार्टीहरूको खुट्टा चाटेर नै त्यस्ता शैक्षिक संगठनको उच्च पदमा बस्ने माहोल छ। यस्ता संगठनहरु भनेको कलङ्क हुन्। या त मति सुधार्नु या देश डुबाउनु निर्णय आफै गर्नु।

३) अभिभावक

अभिभावकत्वमा पनि धेरै कुरा सुधार हुन जरुरी छ। जस्तो अभिभावक उस्तै बालबच्चा। बाल बच्चाले सबैभन्दा धेरै कुरा सिक्ने भनेको अभिभावक संग हो। बच्चाले अभिभावकलाई हेरेर नै आफ्नो प्रवृत्ति बनाउँछ। अभिभावक दिनभरी फोनमा झुण्डिने अनि बच्चा फोन नहेरी केहि गर्दैन भनेर गुनासो गर्नेहरुले ऐना हेर्नु होला। त्यहि मुहारले जे जे गर्यो बच्चाले त्यहीलाई नै आफ्नो व्यवहारमा उतार्यो। महिनाको हजारौँ रुपैयाँ शिक्षामा खर्च गरेको छु, फी तिर्देकै छु अब मेरो छोरा संसारको ज्ञानी बञ्छ भन्ने मानसिकता राख्ने मुर्खहरु हुन्। विद्यालयले त मासिक शुल्क लिने मात्र हो। विद्यार्थीको आनिबानी, आचरण, व्यवहार, कर्तब्य, दायित्ववहन प्रति विद्यालयको चाँसो छैन।

यसबारेमा अभिभावकले विद्यालयलाई दवाब दिन सक्नुपर्छ, सम्झाउन पर्छ, प्रश्न गर्न सक्नुपर्छ। हरेकवर्ष नयाँ भर्ना भनेर,”हाम्रो विद्यालयमा बालबच्चा ल्याउनुस्”, भन्दै माग्न आउँछन्। उनीहरुलाई प्रश्न गर्नुस्, के तपाईंको विद्यालयमा पढे पछि मेरो बच्चाको बानी राम्रो हुञ्छ? अटेरी बाट ज्ञानी बञ्छ? सही र गलत छुट्याउन सक्छ ? निष्ठावान बञ्छ वा देश खोक्रो पार्ने दलाल बञ्छ ? वा देशलाई चाहिने इमान्दार देशभक्त मान्छे बञ्छ ? यी कुरा सोच्न जरुरी छ। अभिभावकले पनि आफ्नो बालबालिका कस्तो बन्ने भन्ने कुरामा करिब ३० प्रतिशत भूमिका राखेका

हुञ्छन्। विद्यालयले पनि ३० प्रतिशत नै राखेको हुञ्छ भने त्यो बालक स्वयंले ४०% राखेको हुञ्छ। अभिभावकले पनि आफूले गर्नपर्ने प्रयत्न र कर्तव्य अनुरुप जिम्मेवारी वहन गर्नु पर्छ। त्यसैले अबको शिक्षा त्रिकोणात्मक शैलीमा अगाडि बढ्नुपर्छ। विद्यालय, विद्यार्थी र अभिभावकको भुमिका उत्तिकै महत्वपूर्ण हुञ्छ। शिक्षाले नै देशमा कस्तो मानसिकता हावी रहने भन्ने कुराको निर्धारण गर्छ। अबको १५ वर्षपछि देश कस्तो हुने ? यो कुरा आज तपाईहरुले गरेको प्रयत्नले निर्धारित गर्छ। विचार गर्नुहोला। सहयोग चाहिएमा सम्पर्क गर्नुहोला। हामी सकेको योगदान दिन तयार छौँ। के तपाईं परिवर्तनको लागि तयार हुनुहुञ्छ ?

४) घिनलाग्दो प्रतिस्पर्दा।

धेरै नम्बर ल्याउने प्रतिस्पर्धा नै सबैभन्दा ठूलो समस्या हो। यसले आफु अघि आउन अरुलाई जतिसुकै निचरे पनि हुञ्छ, जतिसुकै धोका, छल गरेपनि हुञ्छ भन्ने विचारधारा निर्माण गर्छ। प्रतिस्पर्धा हुन पर्छ तर अरु सँग होइन आफ्नै बिगतसँग। हिजोको म भन्दा आज को म उत्कृष्ट हुञ्छु, अरुसँग मेरो तुलना छैन। यो मानसिकता निर्माण गर्न जरुरी छ। अहिलेको प्रतिस्पर्धाले एक अर्कासंग तुलना गर्ने र आफूलाई दुःखी बनाउने अवस्था निम्त्याइरहेको छ। अभिभावकमा पनि छिमेकीसंग तुलना गर्ने आफ्नो छोराछोरीको भविष्य उसको रुचि, उसको दक्षतालाई बेवास्ता गरेर, लात हानेर, छिमेकीको छोराले जे गर्छ त्यसमा नै आफ्नो छोरा अगाडि(अब्बल) आउनुपर्ने धृष्ट प्रतिस्पर्धा चलिरहेको छ।

छिमेकीको छोरीको विवाहमा यति सुन, मेरोमा त्यतिनै सुन वा ऋण काडेर, ठगेर उसको भन्दा अझै धेरै सुन देखाउने रोग लागेको छ समाजका पढे लेखेका गँवारहरुलाई। छिमेकीले आफ्नो बाल बच्चाको स्कुलमा लाखौँ तिर्छन्, म करोड तिर्छु। छिमेकीले कुकुर पाल्यो मलाई पनि चाहियो, छिमेकीले कार किन्यो, ऋण गरेर भए पनि मलाई चाहियो। यावत उदाहरणहरु छन् जुन कुहिएको शिक्षाले दिएको मानसिकताको उपज हो। घाँटी हेरी हाड निल्नु भन्ने हाम्रो प्राचीन विचार पुनः मूलप्रवाहीकरण हुन जरुरी छ। देशमा भ्रष्टाचार बढ्नुको कारणमध्ये धृष्ट प्रतिस्पर्धा प्रमुख कारण हो। यसको बिउ अङ्क प्रणालीमा छ। चोरेर, छल गरेर भए पनि अङ्क धेरै ल्याए त्यो मान्छे उत्कृष्ट मान्दिने रोग छ, शिक्षकहरुमा। त्यो अङ्क ल्याउनेको बानि, व्यवहार, घरमा देखाउने पारा, साथि भाई संग गर्ने हर्कत, सडकमा दिने चुरीफुरी त के मतलब। राम्रो मान्छे बनाउनको लागि खुलेको विद्यालय भए पो यी कुरा सोच्ने, ठग्नको लागि खोलेको ठग नै निर्माण गर्छ।

अङ्कको मापदण्ड खारेज गर्न सक्नुपर्छ। कस्तो व्यबहार,विचार र मानसिकता देशको आवश्यकता हो त्यो कुरालाई सम्बोधन गर्ने शिक्षा पाठ्यक्रम निर्माण हुन जरुरी छ। अफिसको कामकाज र कम्पनीको कामदारको आवश्यकता के हो ?

त्यति मात्रै हाम्रो अहिलेको शिक्षाको प्रतिमान बनेको छ। त्यसैले ब्रेन ड्रेन (पढेलेखेका देशमा टिक्दै टिक्दैनन्, बस्नै चाहन्नन्) चल्दै छ। अरुलाई अठ्ठाउने, निमोठ्ने मात्र माथि आउँछ। दया, करुणा, इमान्दार, सज्जन, नैतिक, अनुशासित सबै पछाडी पर्छन्। घीनलाग्दो प्रतिस्पर्धामा भाग लिन नचाहनेलाई समाजले हेयको दृष्टिले हेर्छ। यो कुरा समाजले कहिले सिक्ने ? ठग्न पल्केका, भेडा उत्पादन गर्ने विद्यालयले कहिले सिकाउने ? र कसले अङ्गाल्ने ? अहिलेको शिक्षाले ? जुन आफैँमा फेल भइसकेको छ, त्यसले अरुलाई पास फेल भनेर जोखाना गर्ने हैसियत राख्दैन।

यहि रोगी प्रतिस्पर्धामा सबै भन्दा अब्बल ठहर भएका पीएचडी पढेका डुकुहरुले नै निर्माण गरेको शिक्षानीति, पाठ्यक्रमले देशमा के दिइरहेको छ ? के निम्त्याइरहेको छ ? खोजौँ ! प्रश्न गरौँ !

हाम्रो अवधारणा

भौतिक सुख, मानसिक शान्ति एवं आध्यात्मिक उन्नति त्रिपक्षीय शिक्षा प्रणाली नै अबको शिक्षा पद्दति हुन पर्छ। समाज, राष्ट्र, देश परिवार, व्यक्ति, विश्व र प्रकृतिको सम्पूर्ण अवयवको सर्वाङ्गिण विकास, तादात्म्यता, परस्परतामा अनुरूप शिक्षालाई अगाडि लिएर बढ्नु पर्छ।

अहम् ब्रहास्मी ।।

शिक्षा जस्तो हुञ्छ, त्यो शिक्षा लिएको मान्छेको आकांक्षा र ईच्छा उस्तै बञ्छ। जस्तो समाज, राष्ट्र बनोस् भन्ने चाहनुहुञ्छ सोहि अनुसारको शिक्षा जरुरी हुञ्छ। जुन सूचनाहरुले सकारात्मक आकांक्षा, इच्छा, विचार, धारणा र दृष्टिकोण निर्माण गर्न सहयोग गर्छ, त्यो नै वास्तवमा शिक्षा हो। र जब यी सबै सकारात्मक इच्छा वोध भएर व्यवहारमा उत्रञ्छन् त्यसलाई विद्या भनिञ्छ। वोध भएको सुचना/शिक्षा नै विद्या हो। नयाँ किसिमको प्रतिस्पर्धाको आवश्यकता छ। दया र करुणा जसमा ज्यादा छ उनै उत्कृष्ट हुने मापदण्ड निर्धारण गर्नु पर्छ। सुगा रटाइलाई नै ज्ञानी, सर्वश्रेष्ठ भन्ने प्रतिमान हटाउन जरुरी छ। सूचनाको लागि अहिले टाउकोमा बोझ भर्नु पर्दैन। अहिले सूचना प्रविधिको युग हो एउटा क्लिकको भरमा चाहेको विषय बारे जानकारी पाइञ्छ तर नैतिकता, दया, करुणा भएको मानिस लोप भइसकेको अवस्था छ। दरिद्र सोच, सङ्कीर्ण चिन्तन भएको मानिस समाज, देश र मानवताको शत्रु हो।

शिक्षाको उद्देश्य त्यस्तो जनशक्ति, मानिस निर्माण गर्ने हुनुपर्छ जो आत्मनिर्भर होउस्, माटोबाट खाना उत्पन्न गर्न सकोस्, औजार यन्त्रहरु निर्माण गर्न सकोस्, अरुलाई प्रतिस्पर्धी, प्रतिद्वन्दी होइन आफ्नै सोँच्न सकोस्। खोस्न होइन दिन चाहने बनोस्। इमान्दार, निष्ठा, नैतिकतामा अडिक रहोस्, समाजको राष्ट्रको सामूहिक हितमा काम गर्न सकोस्। देशप्रेमले ओतप्रोत भएको चिन्तन होउस्।

चना थुपार्न भन्दा ज्यादा जिउन सिकोस्, जीवन बुझोस्।

रुचि अनुसारको शिक्षा हुन जरुरी छ। साक्षरता रहने दैनिक कामकाजको लागि चाहिने ज्ञान प्राप्त सबैले अनिवार्य गर्ने। जसलाई पढ्न रुचि छ उसले उच्चशिक्षा पनि लियोस् , जसलाई अरु केहि गर्न इच्छा छ उसको त्यही रुचि नै जीविकाको आधार बनोस्। संगीत बजाउने संगीत बजाएको भरमा जिउन पाओस्। कला कौशल, खेलकुद र अन्य बिदामा अगाडी आउन खोज्नेले त्यसैबाट जीविकोपार्जन गर्न सकोस्। नयाँनयाँ चिजहरु निर्माण गर्न जान्ने/रुचि राख्नेलाई सोहि सम्बन्धी तालिम दिलाएर औजार, उपकरण, यन्त्रहरु निर्माण गर्ने वातावरण पाओस्। जसलाई यीमध्ये केही पनि गर्न मन छैन वा जान्दैन उसले श्रम गरोस्। अन्नपात उत्पादन गरोस्, तर उसलाई कसैले पनि हेयको दृष्टिले नहेरोस्। किनकि उसले नै सबैको पेट भरेर जीवन बचाउने हो भन्ने तथ्यको सबैलाई चेत रहोस्। समयको हिसाबले श्रमको मूल्य निर्धारण होउस्। चाहे त्यो डाक्टर होउस् या किसान, प्रति घण्टाको श्रम, पारिश्रमिक उत्ति नै पाओस। सम्मान उत्तिकै होउस्। यो नै अबको नीति बनोस्।

शिक्षा नितिहरु

-शिक्षाको लागि आवश्यक सम्पूर्ण सामाग्री, पठनपाठन सम्बन्धि हरेक अवयव निःशुल्क उपलब्ध गराइनु पर्छ। यसबापत हरेक नागरिकले उच्चशिक्षा सकिए पश्चात राष्ट्रको लागि ३ वर्षसम्म निःशुल्क सेवा प्रदान गर्नु पर्छ, जसमा खाने र बस्ने व्यवस्था राज्यले नै गर्न पर्ने हुञ्छ।

-निम्न शैलीमा पठनपाठन व्यवस्था मिलाउन पर्छ।

क)साधारण शिक्षा (general education) अन्तर्गत दिनानुदिनका व्यवहार परिपाटोलाई सम्बोधन गर्न चाहिने, समाजमा चल्नको निम्ति अत्यावश्यक व्यवहारमा कोहि पनि पछि न परोस् भन्ने सुनिस्चितता रहने गरि सामग्रीहरु समावेश हुञ्छ।

ख)एसइइ, १२ र उच्च शिक्षाको बार्षिक परिक्षा पछि हुने बिदामा समाज, राष्ट्र प्रति आफ्नो दायित्ववहन गराउने हेतुले सो सम्बन्धित प्रोजेक्ट गर्नु पर्ने हुञ्छ। सेवा, प्रकृति वातावरण, फोहोर व्यवस्थापन आदि गरेर प्रतिवेदन लेख्न पर्ने किसिमको अङ्क सहित मापदण्ड राखिनु पर्छ। यसबाट शासन-प्रशासनका लागि जनप्राथामिक्तावाद भन्ने हाम्रो अवधारणा अनुरुपका जनसेवी रोजिने छन्।

ग) कलाकौशल,शिप, शिल्प, खेलकुद र रुचि अनुसारको शिक्षा। यसको उद्देश्य राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कलाकौशल, शिप, शिल्पमा निपूर्ण, खेलकुदमा अब्बल हुन सक्ने व्यक्तित्व निर्माण गरिन पर्छ । ११ वर्षको उमेरमा यहाँ साधारण क्षेत्रबाट विद्यार्थीहरु रोजेर ल्याइञ्छ।

ग) तेस्रो हुञ्छ निर्माण, नवाचार, प्रविधि सम्बन्धीको शिक्षा। नयाँ यन्त्र, प्रविधि, वैज्ञानिक आविष्कार/निर्माण गर्न यो शैलीको शिक्षा हुञ्छ । यसमा इञ्जिनियरिङ्ग, विज्ञान प्रविधि र बजारको आवश्यकता अनुसारको मागलाई सहज गर्ने विधि, साधन उत्पादन गरिञ्छ। कम्प्युटर प्रोग्रामिंग, सफ्टवेयर, एप्स आदिलाई मेसिन संग जोड्ने, दैनिक उत्पादन देखि सेवा क्षेत्रमा चाहिने विषय, वस्तुलाई प्रविधि संग जोडेर पढ्ने र निर्माण, उत्पादन, आविष्कार र अनुसन्धान गरिञ्छ। यी विषयमा रुचि हुनेले यस बारेमा अध्ययन गर्ने छन्।

घ) बुद्धिजीवी, चिन्तक, विचारक, निती निर्माता देशको लागि एकदम महत्त्वपूर्ण हुञ्छन्। यो क्षेत्रबाट पनि मानवस्रोत परिपूर्ति गर्न यी कुराहरुलाई मध्येनजर गरेर रुचि अनुसार विज्ञ हुनेगरी शिक्षाको अवधारणा अघि बढाइनु पर्छ ।

ङ) प्रत्येक जातजातिका विद्यार्थीले आफ्नो मातृभाषा जान्नै पर्छ। आफ्नो संस्कृति अनुसारको कुलधर्म परम्परा अनुरुपका अनुष्ठान विधि पुजा प्रक्रिया अनुसारको कर्म गरि मूल धर्म संरक्षण गर्ने,पारम्परिक कला शिल्प, पुस्ता हस्तान्तरण हुन पर्छ। हाल चलेको पहिचानको रोइलोको असली सम्बोधन यसले गर्ने छ।

च) राष्ट्रमा कस्तो किसिमको व्यवहार, नैतिकता, निष्ठा, इमानदार र राष्ट्रिय मूल्य मान्यता के हुने ? कस्तो रहने ? त्यसको पनि ठुलो योगदान हुञ्छ। देशप्रेम, संस्कृतिको संरक्षण, अरुको सम्मान, सर्व-अस्तित्व सम्मानमको नैतिकता सम्बन्धी बानी व्यवहार र आचरणको उत्क्रिष्टिटताको मापदण्ड रहन पर्छ।

छ) अभिभावकत्व सम्बन्धी पनि अभिभावकहरूलाई तालिम प्रदान गराउनुपर्छ।

ज) मान्छेको सबै भन्दा ठूलो गहना नै कौतुहलता, जिज्ञासा, उत्सुकता हो। यसलाई उच्च राख्न सधै प्रेरणा दिइनेछ। कौतुहलताले नै सबैकुराको निर्धारण गर्छ, निर्माण गर्छ र मानव समाजको निरन्तर विकास गराउन प्रेरणा दिञ्छ, आधार प्रदान गर्छ। समाजको, राष्ट्रको आवश्यकता के भन्ने कुरामा अनुसन्धान गरी निष्कर्षमा पुगाउने एक मात्र साँचो जिज्ञासा हो। कौतुहलतालाई उच्च राख्ने किसिमले पाठ्यक्रम निर्माण गरिन पर्छ ।

शिक्षा विकारे सकलो विकारः शिक्षा सुधार सकलः सुधारः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट