बुधबार, अशोज १३, २०७८
नियात्राकार राजेन्द्रमान डङ्गोलको दोश्राे कृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ चाँडै पाठकको हातमा

नियात्राकार राजेन्द्रमान डङ्गोलको दोश्राे कृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ चाँडै पाठकको हातमा


  • स्वदेश नेपाल
  • बुधबार, अशोज १३, २०७८

नेपाली साहित्य जगतमा नियात्रा विधा तर्फ चासो राख्ने पाठकहरुको लागि नियात्राकार राजेन्द्रमान डङ्गोल चिरपरिचित नाम हो ।

पेशाले पर्यटन व्यवसायी रहेका डङ्गोलले आफ्नो यात्राको अनुभवलाई शब्दमा उतारेर पाठकहरुलाई पनि आफुसंगै सबै तिर भ्रमण गराउनमा प्रख्यात छ्न् ।

नियात्रासाहित्यमा अलगै पहिचान बनाउँन सफल प्रख्यात नियात्राकार डङ्गोलको दोस्रो कृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ नामक नियात्रा सङ्ग्रह चाडै बजारमा आउदैछ।

नेपालमा नियात्रा साहित्यको इतिहास ५२८ वर्ष पुरानो रहेको देखिन्छ । विसं १५५० मा तत्कालीन राजा गगनीराजले ‘मुगुदेखि मुस्ताङ’सम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई नेपाली साहित्यको पहिलो नियात्रा कृति मानिन्छ ।

नियात्राकार डङ्गोलले नुवाकोट स्थायी घर भई देशका विभिन्न भागमा रही साहित्य सिर्जनामा सक्रिय सर्जकहरूको संस्था त्रिशूली वाङ्गमय प्रतिष्ठानलाई पनि नेतृत्व प्रदान गर्दै आइरहेका छन ।

प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

डङ्गोलको पहिलो कृति ‘यात्राका पाइला’ २०७६ साल भदौमा प्रकाशित भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट