शुक्रबार, अशोज ८, २०७८
‘शेहनाजको विशेष ख्याल गर्नु नत्र जे पनि हुन्छ’

‘शेहनाजको विशेष ख्याल गर्नु नत्र जे पनि हुन्छ’


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

एजेन्सी । अभिनेता सिद्धार्थ शुक्लाको निधनपछि उनका फ्यान, सहकर्मी तथा परिवार स्तब्ध बन्यो। सबैभन्दा बढी उनकी प्रेमिका शेहनाज गिल पीडामा परिन्।

सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन्। केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत रहेको उनको परिवारले प्रष्ट्याइसकेका छन्।

शहनाजको एक ज्योतिष डा. नवनिधि बधावाका अनुसार शहनाजले आफैंलाई घरमा कै,द गरेर राखेकी छन्। ‘शहनाजले आफ्नो मुड फेर्नका लागि मेडिटेसनको सहारा लिनुपर्ने हुन्छ। योगा गर्दा उनलाई फाइदा हुन्छ। शहनाजको नम्बर २७ हो। सूर्य र केतूको दशाका कारण शहनाजको मुडमा पटक पटक परिवर्तन हुनेछ’, ज्योतिषले भनेकी छन ।

नवनिधिले शहनाजका फ्यान र परिवारलाई सन् २०२२ सम्म अभिनेत्रीको हेरविचार गर्न आग्रह गरेकी छन्। आगामी दिनमा शहनाजका लागि निकै खराब समय रहने भएकाले पनि शहनाजको गतिविधिप्रति ध्यान दिन उनले भनेकी छन्। उनका अनुसार अहिले शहनाजको परिवारको एक सदस्य २४ सै घण्टा उनीसँगै हुने गर्छिन्।

सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालबाट टाढिएकी छन्। जसकारण पनि उनका फ्यानले उनको गतिविधिलाई नजिकबाट नियाल्न पाएका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट