शुक्रबार, अशोज ८, २०७८
एमालेलाई धक्का : सरकार र एकीकृत समाजवादीविरुद्धको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

एमालेलाई धक्का : सरकार र एकीकृत समाजवादीविरुद्धको रिटमा सर्वोच्चले दियो यस्तो आदेश


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता श्रीकान्त वराल गत भदौ ४ गते सर्वोच्चमा नेकपा (एस) को दर्ता बदर गर्न र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार भएको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरिएको छ। तर, संवैधानिक इजलासले अन्तरिम आदेशदिन नपर्ने जानकारी दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्की रहेको संवैधानिक इजलासले दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ।

रिटमा अधिवक्ता वरालले एमालेले कारबाही गरेका १४ जना सांसदको सनाखत गरेर निर्वाचन आयोगले दल दर्ता गरेकोमा सो बदर गर्नुपर्ने जिकिर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट