बिहिबार, अशोज ७, २०७८
सरकारमा बस्नेको छातीभित्र मुटु होइन छिप्पिएको दर्शनढुंगा रहेछ : ओली

सरकारमा बस्नेको छातीभित्र मुटु होइन छिप्पिएको दर्शनढुंगा रहेछ : ओली


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ७, २०७८

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको बताएका छन्। एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनलाई कटाक्ष गरेका हुन्।

कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टीको पदाधिकारीमा बस्ने मान्छे पनि नभेटिएको भन्दै आलोचना गरे। पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताए।

‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन। यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ,’ ओलीले भने।

त्यस्तै उनले सरकारले आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको पनि जानकारी दिए। ‘यिनीहरुको त मानवीय मन पनि छैन। यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा। त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो। त्यस्तो मुटु छ,’  उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट