बिहिबार, अशोज ७, २०७८
त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ७, २०७८

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्। वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले एमालेमा लागेका नेताहरुमाथि आक्रोश पोखेका हुन्।

प्रचण्डले टोपबहादुर रायमाझीलाई आफूले मन्त्री बनाएको बताएका छन्। त्यस्तै आफ्ना पुराना साथी रामबहादुर थापा बादललाई सम्झिँदा पनि एलर्जी हुने जानकारी दिएका छन्।

उनीहरुको नाम लिँदै प्रचण्डले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त। त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि….कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाई नेतृत्व गर्नुस् भनेर बनाएको त..?’

त्यस्तै प्रचण्डले आफ्नो पार्टी अबको निर्वाचनमा देशकै ठूलो पार्टी हुने जानकारी दिए। ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ। सबै जाग्ने हो भने त्यो टाढा छैन’, उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट