बुधबार, अशोज ६, २०७८
जनगणना २०७८ – हिन्दुत्व विसर्जनको खाका !

जनगणना २०७८ – हिन्दुत्व विसर्जनको खाका !

आँखा अगाडी देश डुबेको टुलुटुलु नहेरौँ।


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ६, २०७८

अनुप अधिकारी

पृष्ठभूमि- नेपालमा पश्चिमा शक्तिले याँहाको सबै धर्म संस्कार संस्कृतिलाई मेटियामेट गरेर नेपालको पहिचान, अस्तित्व नै तहसनहस गर्ने योजना मल्ल काल बाटै तय गरिएको योजना हो। वि स १५५० (सन् १४९३)बाट Papal Bull “Inter Caetera” (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवं धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरुले वि.स. १६८४, श्रावन २२ (सन् १६२७ अगस्त १)मा ‘प्रोपागाण्डा फाईद’ अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजना तय गरे। यो एक किसिमको कलेज थियो। जसले मिसिनरि ज्ञान दिएर अन्यलाई परिवर्तन गर्न विश्वव्यापी आफ्ना तालिम प्राप्त मिसिनरिलाई परिचालित गर्थ्यो। वि.स. १७५९ चैत्र ५(मार्च १४ १७०३)मा प्रोपागाण्डा फाईदले रोममा तिब्बती मिसन खुल्ला गर्ने निर्णय गर्यो।

नामाकरणमा तिब्बत भए तापनि, यसको परिधि पटना देखि नेपाल हुँदै तिब्बत सम्मको क्षेत्र तय भएको थियो। जसको लागि इटालीका केपुचिन फ्रिआर्स(इसाई भिक्षु)लाई परिचालन गरियो। वि.स.१७६३ फागुन १४ (फेब्रअरी २१ १७०७) मा उनीहरु काठमाडौँ आएर केहि महिना त्यहीँ बसेर वि.स. १७६४ आषाढ २(जुन १२ १७०७)मा तिब्बत प्रस्थान गरे। तिब्बत मिसनको लागि पारगमन(ट्रान्जिट) र रणनीतिक बिन्दुको रूपमा नेपालमा पनि उनीहरुले इसाई केन्द्र खोल्ने निर्णय गरे। त्यस पछि वि.स. १७७१मा उनीहरुले नेपालमा स्थायी रुपमै केन्द्र बनाउने गरि काठमाडौँ पसे। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय हिन्दु धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखिएको थियो।

यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। उनीहरु त्यस पछि वि स १७७९मा काठमाडौँ छोडेर भक्तपुरमा आफ्नो गतिविधि गर्न थाले। तत्कालिन भक्तपुरका राजा रणजित मल्लले केपुचिन पादरीलाई आफ्नो राज्यमा स्वागत छ र निसन्देह आफ्नो प्रचार प्रसार गर्न सकिने छ भनेर चिठी समेत पठाएका थिए। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए।

उनीहरुले परिवर्तन गरेका नेपालीहरुले नजान भने तपानि नेपालमा धेरै परिवर्तित न भइसकेका र चर्च संचालन गर्न रकम जुटाउन गार्हो भएकाले उनिहरु ३ वर्ष नेपाल बाहिर रहे। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले काठमाडौँ र भक्तपुरमा भव्य स्वागत सत्कार प्राप्त गरे। भक्तपुरमा उनीहरुलाई आवासको प्रवन्ध सहित ठुलो घर प्रदान गरियो।

तिब्बत मिसनको लागि उनीहरुलाई पारगमन बिन्दु, भक्तपुरमा आफ्नै आवास भएकाले उनीहरुको तिब्बत मिसन व्यापक बन्दै थियो। तर वि स १८०२ (सन् १७४५) मा तिब्बतका बौद्ध भिक्षुहरुले तत्कालिन तिब्बती राजाको मिसिनरि प्रति आवास नीति राष्ट्र हित विपरित रहेको भनेर आन्दोलन सुरु गरे। जसको कारण तिब्बतमा केपुचिन मिसनको हार भयो। फलस्वरूप उनीहरुको नेपालमा नै गतिविधि गर्ने गरि काम अघि बढ्यो। काठमाडौँ, भक्तपुर, पाटन र नुवाकोटमा पनि इसाई केन्द्र स्थापना गरियो। १८१६ चैत्र १५(मार्च २४ १७६०)मा ट्राङ्कुलिस नाम गरेका पादरीले काठमाडौँको वटु टोलमा येसुको आमा मेरीको स्वर्ग प्रस्थानको विश्वाश इङ्गित गर्ने नाम द एजम्प्सन अफ आवर लेडी भन्ने चर्चलाई ब्लेस(स्थापना) गरे। औषधि उपचार गर्दिने र धर्म परिवर्तन गर्ने उनीहरुको चाल त्यो बेला पनि हालको जस्तै थियो। भक्तपुर र पाटनमा
इसाईको भजन मण्डली(च्यापेल) पनि गठन भै सकेको थियो।

तर ५४ बर्ष पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण शाहले उनीहरुलाई नेपाल बाहिर लखेट्न सफल भएका थिए। ख्रीष्टियनहरुको समर्थन र सहयोग को लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीब ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै बिधर्मिहरुलाई नेटो कटाउन सफल भयो। सो युद्धमा करीब १७०० विधर्मी मारिएका थिए। माओबादीको द्वन्दको कारण मृतकको संख्या १७००० पनि उनीहरुको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको हो।

सारा विश्वमा आफ्नो आधिपत्य जमाउँदै हिडेका ख्रीष्टियनहरु पहिलो पटक नेपालमा पराजित भएका थिए । तर नेपाललाई आफ्नो अधिनमा राख्ने नियत अझै पनि उत्तिकै दृड छ । र सोहि अनुसार उनीहरुको गतिबिधि सक्रिय छन्। पहिलो मिसनमा हिन्दु धर्म र ब्राह्मणले रोकावट गरेकाले नेपालबाट हिन्दुत्व नष्ट गर्ने एवं तिब्बतमा बौद्ध भिक्षुको विद्रोहले गर्दा आफ्नो मिसन असफल भएकाले बौद्ध धर्म प्रति पनि उनीहरुको अस्तित्व नामेट गराउने प्रपन्च चाल्ने संस्थागत स्मृति(इन्स्टिच्युसिनल मेमोरी) रही आएको छ। नेपालमा बाहुन, ब्राह्मण प्रति घृणा फैलाउन उनीहरुले धेरै लेखक, तथा कथित वौद्धिकको प्रयोग पनि गर्दै आएको यथार्थले यस कुराको पुष्टि गर्छ। माओवादीले कब्जा जमाएका पहाड विकटमा चर्च स्थापाना हुनुले पनि सबै कुरा छर्लङ्ग हुञ्छ।

विशेषतः राजसंस्था, वैदिक सनातन धर्म, ब्राह्मण र नेपाली सेना; यी ४ लाई उनीहरुले नेपालमा आफ्नो प्रमुख दुश्मनको रूपमा राखेकाले कसैको लागि समाजले घृणा, द्वेषको मनोविज्ञान, कसैको सत्ता च्युत, कसैको धर्म परिवर्तन गराएर नामेट गराइयो भने अंग्रेज शक्तिलाई रोक्ने सामर्थ्य भएको सेनालाई दल नामका आफ्ना गुलाम/दलाल प्रयोग गरेर भ्रष्टलाई छाता ओढाउने, कार्पेट ओच्छ्याउने, ठेक्का-पट्टा गर्ने एवं विदेशी सेनाको पार्टनरको रूपमा रहेर नेपाल विरुद्ध प्रयोग गराउने दाउपेच चल्दै छ। सेनालाई फसाइएको बारे अघिल्लो लेखमा पनि उल्लेख गरेका थियौँ।

अब जनगणना २०७८को फारम र त्यसमा लुकेको कुनियत बारे बुझौँ।

नेपाललाई जसरी पनि इसाई देश बनाउने, त्यो गर्न नसके सम्म याँहाको धर्म संस्कार भाषा भाषिकालाई नै एक अर्काको शत्रुको रूपमा परिभाषित गरेर मनोविज्ञान स्थापित गराउने र देशलाई अस्थिर बनाएर आफ्नो अधिनस्त राख्ने योजना नै पश्चिमाहरुको अभिष्ट हो। नेपालमा जनगणनाको फारम बनाउने देखि जातको नाममा नेपाली फुटाउने, संविधानमा नेपालीको एकता टुट्ने जातिय वर्गीकरण(क्लस्टर) छिराउने उनीहरुको त्यहि योजनाको उपज हो। १२६ जात जाति, १३० भाषा भाषिका भएको देशमा कति टुक्राउने, कसलाई के पदमा कुर्शीमा थचार्ने ? यो कुरा सबै नेपालीले न बुझे विदेशी यसैगरी खेल्ने छन्।

मुख्यतय गरीब, सिमान्तिकृत, लोपान्मुख, अदिबासी, जनजाति यी समुदायलाई वर्गीकृत गर्न उनीहरुले नै जनसांख्यिक्य (डेमोग्राफिकस्) तय गरेर नेपालमा जनगणनाको वैज्ञानिक शैली भनेर सो मापदण्ड अनुरुप जनसंख्या गणना सुरु गराएको हो। जसबाट उनीहरुले आफ्नो उद्देस्यमा मद्दत मिल्ने समुदायको जीवनशैली (एन्थ्रोपोलोजी) अनुसन्धान पनि गर्न लगाए। सोहि अनुरुप हाल देशमा विभाजन चल्दै छ र हिंशा, द्वेष, क्लेश र घृणाको माहोल पनि प्रखर शैलीले अघि बढ्दै छ। नेपालको विविधता युरेपेली शैलीको राष्ट्रियताको परिभाषामा अट्दैन। र ती युरेपेली प्रारुप(फर्म्याट)को जनगणनाले नेपालमा युद्धको अवस्था निम्त्याउन सक्ने अनुमान टोनी हेगनले आफ्नो पुस्तक ‘दी किङडम इन दी हिमालयज’ मा ६ दशक अघि उल्लेख गरेका थिए।

आजभोलि वैदिक सनातन धर्म सापेक्ष देश बनाउने भनेर नेपालीहरु जाग्दै पनि छन्। तर त्यो समुहको संख्या घटाउन हरेक पन्थ, सम्प्रदाय, संस्कृति, उपासना पद्दतिको भिन्नै पहिचानको प्रारुप बनाउने, नयाँ नयाँ महल थप्ने काम चलेको देख्न सकिञ्छ।

त्यसै अनुसार नेपालको ८० प्रतिशत भन्दा धेरै वैदिक सनातन धर्मको जनसंख्या फुटाउने योजना पनि यहि रणनीति अन्तर्गत चल्दै छ। अहिले हिन्दु फुट्दै छ, किराँत पनि ३ चिरा पर्दै छ, बौद्ध धर्म त परिवर्तन गरेर सकिन थालि सक्यो। योगी नरहरिनाथको सङ्कलन जलाएर ह्यामिल्टनको मिसिनरी योजनामा तयार पारिएको झुटो इतिहासलाई स्थापित गराइएको छ।

केहि अमुक संस्थाले नेपालका आदिवासी/जनजातिमा वर्गीकरण गराइएका समुदायलाई आफ्नो मूल धर्म, संस्कार, संस्कृतिबाट च्युत गराउने र जातीय हिंशाको लागि काम गर्दै छ। कहिले राजा यलम्बरको प्रतिमा/मुर्ति/शालिक माथि चड्ने, जलाउने, फोड्ने त कहिले महागुरु महिङ्गुम फाल्गुनन्दको मुर्ति फोड्ने, कहिले आदिम पुर्खा रैछाकुलेको मुर्ति तोडफोड त कहिले बुद्धको मुर्ति किन तोडफोड हुञ्छ? एक पटक सबैले मनन गर्ने कि ?

नेपाललाई मूल धर्म संस्कार विहिन गर्ने, क्रिस्टियन देश घोषणा गराउने उद्देस्य बारे केहि समय अघि उनीहरुको गोप्य दस्तावेज एवं झण्डा जलाउने प्रकरणको बेला तत्कालिन गृह मंत्री राम बहादुर थापा (बादल)ले दिएको अभिव्यक्तिले प्रष्टाई सकेको छ।

जनगणना बारे तालिम भनेर गणकलाई आइएनजीओले भत्ता तलब सुबिधा भन्दै प्रलोभन दिएर प्रभावित पार्ने अवस्था छ। केहि धार्मिक अभियान्ताले चर्चका पास्टरलाई नै गणक रोजिएकोले यसले जनगणनामा उसले जिम्मा पाएको ठाउँमा इसाई संख्या बढाउने काम गर्ने छ भनेर विरोधको आवाज पनि उठाएका थिए। यसरी नेपालको हरेक सनातनी समुदायलाई अल्प संख्यक देखाउने र अल्प संख्यक भएमा राज्यबाट विशेष सुविधा पाइने छ भनेर आइएनजीओ/एनजीओ परिचालन गरेर दिमाग भुटिएको छ।

कुर्सी, आरक्षण आदि र आर्थिक प्रलोभनले नेपाली समाज फुटाउने नियत साकार हुने अवस्था छ। सरकारी तहबाट नै चर्च निर्माणको लागि बजेटहरू पारित हुनु, विभिन्न पार्टीका बरिष्ठ नेता गएर चर्च उद्घाटन गर्नु, होलिवाइन आयोजना गर्नु यी सबैले पनि ती कुराको जिवन्त सबुत प्रस्तुत गर्दछ। अर्को षड्यन्त्र छ नेपालमा हरेक व्यक्तिलाई जोड्ने नेपाली भाषालाई विस्थापित गरेर अंग्रेजीलाई स्थापित गर्ने। यसको लागि आदिवासी र जनजातिको खोल ओढाएर चलाइएका विदेशी आइएनजीओको वित्तिय लगानी(सहयोग/डोनेसन)मा चल्ने संस्थाहरुले गाउँ गाउँ देखि सामाजिक सञ्जालमा अभियान चलाएका छन्। भाषाको महलमा आफ्नो मातृ भाषा उल्लेख गराउनु सहि हो तर अर्को भाषामा नेपाली बाहेक अरु कुनै भाषा लेख्ने/लेखाउने व्हिप जस्तै जारि भएको छ।

यसले नेपाली जनसंख्याको तथ्याङ्कबाट नेपालीलाई जोड्ने कुनै पनि भाषा नरहेको देखाउने छ र सबैलाई अंग्रेजी मन्जूर गराउने र नेपालको प्रत्येक नेपाली जोड्ने भाषा नेपाली भए पनि सरकारी कामकाजको लागि अंग्रेजी राख्न पर्ने अवस्था निम्त्याउने छ।

धर्मको महलमा पनि हिन्दु, बौद्ध, किराँत, बोन, शिख, जैन, प्रकृति भनेर नेपाली मूल धर्मलाई ७ चिरा पारिएको छ र इस्लाम, क्रिस्टियन, बहाई भनेर ३ आयातित धर्म छन् एवं नेपाली सनातन धर्मबाट अलग्गिन चाहनेलाई आफ्नो नयाँ नाम राख्ने प्रावधान सहित अन्य भन्ने महल पनि राखिएको छ।

समाधानको मार्ग।

यी सबै कुरा चिर्न हामी नेपाली संग थोरै समय छ। तर यो गर्न महत्त्वपूर्ण छ र अपरिहार्य छ। भाषाको महलमा आफ्नो समुदाय बाहेक अन्य नेपालीसंग बोल्न कुन भाषाको प्रयोग गरिञ्छ ? भन्ने महल राखौँ। गणकले गाउँ गाउँ जाँदा त्यो फारम कुन भाषामा बोलेर भर्यो ? यो पनि विवरण थपौँ। यसले नेपालमा सबै भन्दा धेरै बोलिने/बुझिने भाषाको तथ्याङ्क दर्शाउने छ। र हरेक गाउँमा आफ्नो भाषिक-समुदायको बाहेक अर्कोलाई गणकको लागि नियुक्त गरौँ र सहायक दोभाषे पनि गणकसंगै रहने प्रवन्ध मिलाऔँ। र सुरक्षा गार्ड पनि रहन जरुरी देखिञ्छ।

धर्मको महलमा नेपाली मूल धर्म भनेर एउटा महल र आयातित भनेर अर्को महल राखौँ। मूल धर्ममा नेपालमा सनातन देखि चलि आएका वैदिक(हिन्दु), किराँत, बौद्ध, बोन, प्रकृति र ध्यान, मंत्र, जप, बलि, भाकल आदिमा आधारितलाई उल्लेख गरौँ।

आयातितमा इसाई, इस्लाम, बहाई जुन नेपालको मूल धर्म संग आवद्ध छैनन्, सम्वन्धित छैनन् वा समन्वय भन्दा निषेधमा आधारित छन् वा अरुको अस्तित्व स्वीकार्ने भन्दा नामेट पार्नमा उद्दत छन् ती सबैलाई उल्लेख गरौँ। सबैले यो बहसको थालनी गरौँ। आफ्नो छर छिमेक, इष्ट-मित्रमा यो कुरा बुझाऔँ।

स्वास्थ्य तथा जनसंख्या मंत्रालय, तथ्याङ्क विभाग आदि सबै सरोकारवाला सम्म यसबारे ध्यानआकर्षण गराऔँ। मिडियाकर्मीलाई पनि यो बहसको थालनीको लागि आग्रह गरौँ।

आँखा अगाडी देश डुबेको टुलुटुलु नहेरौँ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट