बुधबार, भदौ ३०, २०७८
घनश्याम भुसालले भने, ‘हामी पछारिएका छौं’

घनश्याम भुसालले भने, ‘हामी पछारिएका छौं’


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी आफूहरु पछारिएको बताएका छन्। पार्टी विभाजनले असर परेको बताउँदै भुसालले यसबाट माथि उठ्नुपर्ने बताएका हुन्।

रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ने भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताए। यस्तै अवस्थामा पनि एमाले सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनले जानकारी दिएर

‘हामी पछारिएका छौं, घाइते भएका छौं। आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं,’ उनले भने।

२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे। चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे। उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट