बुधबार, भदौ ३०, २०७८
साथीको प्रेमी चोरेर रोमान्स गर्ने ४ बलिउड सुन्दरीहरू

साथीको प्रेमी चोरेर रोमान्स गर्ने ४ बलिउड सुन्दरीहरू


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

माया र प्रेम यो यस्तो भावना हो थाहा नै हुँदैन कसको लागी महसुस गर्न थाल्छ।

बलिउडमा पर्दामा देखाइएको प्रेम कथाहरु भन्दा पर्दा पछाडि प्रेम कथाहरु धेरै रोचक छन् । बलिउडमा, सधैं भ्यालेन्टाइन को माहौल छ।कलाकारहरुको ब्यक्तिगत जीवनका समाचार प्राय सार्वजनिक भइरहन्छन् । कहिलेकाहीँ यी प्रेम कथाहरु साँचो साबित हुन्छन् र कहिलेकाहिँ झूट प्रमाणीत हुन्छन् ।

बलिउडका कलाकारकाबीच यस्ता घटना पनि भएका छन् जसमा केही नायीकाहरुले आफ्नै साथीको प्रेमी चोरेको अभियोग लागेको छ । कुनै यस्ता कलाकार पनि छन् जसले आफ्नै नन्दका प्रेमी पनि चोरेका छन् । आफ्नै परिवार भित्रका सदस्यको प्रेमीलाई आफ्नो प्रेमी बनाएको बिषयले पनि निकै चर्चा पायो ।

आलिया भाट

बलिउडकी राजी गर्ल आलिया आजकल शीर्ष नायिका मध्ये एक हुन्। उनको अभिनय प्रतिभा राम्रो छ जसका कारण आलियाले छोटो समयमा धेरै सफलता हासिल गरिन् । लामो समयदेखि उनी अभिनेता रणबीर कपूरसँग प्रेममा छन् ।

उनीहरु एउटै अपार्टमेन्टमा बस्छन् । यद्यपि एक समय थियो जब रणबीर कट्रिनासंग प्रेममा थिए र सबैलाई थाहा छ कि आलिया र कट्रिना राम्रो साथी हुन्। एकै समयमा, आलिया को दिल कट्रिनाको पूर्व प्रेमी रणबीरमा आयो। यद्यपि कट्रिना र आलियाको मित्रता आज पनि जारी छ। त्यस्तै दीपिका पनि रणवीरसंग प्रेममा थिइन् ।

रणवीरसंगको प्रेम छुटेपछि दीपिका डि प्रेशनमा पुगेकी थिइन् । अहिले आलिया र दीपिकाको निकै राम्रो दोस्ती छ । आलियाका कारण रणवीरले दीपिकालाई छोडेको आरोप लाग्ने गरेको छ । अहिले दीपिकाले रणवीर सिंहसंग विवाह गरिसकेकी छन् ।

रिया चक्रवर्ती

 

रिया चक्रवर्ती सुशान्त सिंह राजपुतको मृत्युपछि चर्चामा आइन् । वास्तवमा, फिल्म केदारनाथ को समयमा, सारा अलि खान र सुशांत प्रेममा रहेको खबर थियो। उही समयमा, उनीहरुको ब्रेकअप पछि सुशान्तको नाम रिया संग जोडिएको थियो। अर्कोतर्फ, रिया र सारा एक अर्काको राम्रो साथी हुन्।

अनन्या पाण्डे

अनन्या पाण्डेको नाम उनको सह(कलाकार ईशान खट्टर संग जोडियो। उनीहरुको अफेयरको खबर फिल्म खाली पीलीको समयमा बाहिर आएको थियो। एकै समयमा, अनन्या र जान्हवी को पनि राम्रो दोस्ती छ। जान्हवी र ईशान फिल्म धडकको समयमा एक अर्काको नजिक आएको खबरहरु पनि आएका थिए।

मलाइका अरोरा

मलाइका अरोरा आजकल अर्जुन कपूरसंग प्रेममा छिन्। उनीहरु पनि प्राय संगै हुन्छन् । तर, एक समय थियो जब मलाइका अरबाजकी पत्नी थिइन् र अर्जुन मलाइकाकी नन्द अर्पितालाई डेट गर्दै थिए। मलाइका अरबाजबाट अलग भएपछि नन्दको पूर्व प्रेमीसंग नजिक छिन्। यस्तो अवस्थामा उनी आफ्नी नन्दको भूतपूर्व प्रेममा परीन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट