बुधबार, भदौ ३०, २०७८
आयुष्मानसँग फेरि रोमान्टिक मुद्रामा देखिइन् प्रियंका (फोटोफिचर)

आयुष्मानसँग फेरि रोमान्टिक मुद्रामा देखिइन् प्रियंका (फोटोफिचर)


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । परिवारमा नयाँ खुशीको प्रतिक्षामा छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

कहिले साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर उनलाई खुशी दिन्छन् त कहिले पति तथा परिवारले । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् । नायिका कार्कीले परिवारमा आउने नयाँ सदस्‍यलाई स्वागत गर्नका लागि आतुर रहेको बताएकी छिन् ।

उनीले शेयर गरेको कन्टेन्टमा हजारौं नराम्रो टिप्पणी पनि नआउने हैन । तर उनी ती कुराहरुको कुनै वास्ता नगरी बिन्दास रूपमा उनी समय बिताइरहेकी छन् ।

पछिल्लो समय उनी राखी बन्धनमा भाइहरुलाई राखी बाध्न मामा घर पनि पुग्छिन्, आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी कमेडी क्लबमा उपस्थित हुन पनि पुग्छिन् । भने बिभिन्न रोमान्टिक तस्बिरहरूपनि शेयर गरिरहन्छिन् । यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन् । तस्बिरमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् ।

नयाँ जीवनलाई धर्तीमा ल्याउँदैछु भनेर ‘पावरफूल’ फिल गराउँछ

मेरो गर्भमा रहेको बच्चाले यस धरतीमा पहिलो पाइला राख्दै छ । यो माटोमा प्रथमपटक टेक्ने उसको कोमल खुट्टाको कल्पना गरेर बस्छु । उसको पाइला कहाँ पुग्ला, कस्तो मान्छे बन्ला, कसरी जिउँछ होला ! ऊ एउटी आमाको सन्तान मात्रै होइन, सपना पनि हो ।

ऊ जन्मिसकेपछि कस्तो होला, कसरी हेरचाह गर्ने भनेर सोचिसकेकी छैन मैले । जिन्दगी त उसको हो । ऊ आफ्नै मर्जीमा बाँच्ने हो उसले । ऊ आफ्नै सपनासँग जिउने हो । भोलि उसको आफ्नै पहिचान, तरिका र शैली हुन्छ । यो संसारमा उसलाई स्वागत गर्न व्यग्र प्रतीक्षारत छु ।

उसको स्वभाव, बानीबारे केही सोचेकी छैन । ऊ नजन्मिएसम्म यसबारे केही भन्न सकिन्न । बच्चा जन्मेपछि उत्तरदायित्व हुन्छ, जिम्मेवारी हुन्छ, त्यो निर्वाह गर्नुपर्छ । रातभरि रुन सक्छ अथवा आनन्दले निदाउन पनि सक्छ ।

दुःख दिने पनि होला अथवा नदिने पनि होला । अहिले नै केही अनुमान गरेकी छैन । त्यो आफैँले प्रत्यक्ष भोगेपछि मात्रै थाहा हुने हो । जस्तो बानी भए पनि ९ महिना गर्भमा बोकेर जन्माएको बच्चा एउटी आमाका लागि सबैथोक हो ।

म पेटमा चलमलाएको बच्चालाई सुम्युम्याउँछु । बच्चालाई सुमसुम्याउँदा भावुक पनि हुन्छु । सँगै उत्साहित पनि हुन्छु । सोच्छु, उसले आफ्नो नामलाई अगाडि लैजानेछ साथै हाम्रो नामलाई पनि ।

यो बच्चा श्रीमान् र मैले मायाले हुर्काएको सपना हो । चाहे सानो हुँदा होस् वा ठूलो हुँदा, जीवनभर सँगै हुनेछ । त्यसैले पनि उसलाई जन्म दिँदा सोच विचार गरेर नै जन्म दिइएको हुन्छ । अहिले त मेरो पेटमा आठ महिनाको भइसक्यो ऊ । जब म बच्चाबारे सोच्छु, एकदमै भावनात्मक हुन्छु । मातृत्व जागेर आउँछ ।

यो धरतीमा नयाँ जीवनलाई ल्याउँदै छु भन्ने भावनाले ‘पावरफूल’ फिल गराउँछ । भोलि ऊ खुसी हुने आफ्नै कारण हुन्छन् । उसको रुचि र चाहना आफ्नै हुन्छ । जबजब म ऊ पनि मजस्तै अर्को मानिस हो भन्ने सोच्न थाल्छु, इ-मोसनले भरिएको फिल आउँछ ।

तर, नाम के राख्नेबारे सोचेकी छैन । नामचाहिँ सोचेरै राख्ने विचारमा छु । नाम राख्दा त परम्परा पनि पछ्याउनुपर्ने होला । अग्रजहरू हुनुहुन्छ, त्यहीअनुसार राखिन्छ होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट