बुधबार, भदौ ३०, २०७८
विष्णु माझीको ‘चरी जेलैमा’ले बनायो युट्यूबमा यस्तो कीर्तिमान

विष्णु माझीको ‘चरी जेलैमा’ले बनायो युट्यूबमा यस्तो कीर्तिमान


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं –

नेपालमा महिलाहरुको पर्व तीजमा एउटा गीत सर्वाधिक धेरै बज्यो। त्य गीत हो गायिका विष्णु माझीको ‘चरी जेलैमा’।

यो गीतले यति लोकप्रियता कमायो कि हाल एउटा नयाँ कीर्तिमाननै बनायो। गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गरेको हो।

सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ। गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ।

यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो। यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो।

यस गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ। गीतलाई बिष्णु माझीको जीवनसँग समेत जोडेर व्याख्या गरिएको छ सामाजिक सञ्जालमा उनको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको थियो।

सोधखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बताइएको छ। राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट