बुधबार, भदौ ३०, २०७८
मामा–भाञ्जा वारमा ट्वीस्ट : गोविन्दा पत्नी सुनिताले अनुहार नै हेर्दिनँ भनेपछि कृष्णाले यसो भने…

मामा–भाञ्जा वारमा ट्वीस्ट : गोविन्दा पत्नी सुनिताले अनुहार नै हेर्दिनँ भनेपछि कृष्णाले यसो भने…


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

एजेन्सी – अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन कृष्णा अभिषेकबीच एक किसिमको वार जारी नै छ। उनीहरुबीच लामो समयदेखि टकराव भइरहेको छ।

केही दिनअघि गोविनदाकी पत्नी सुनीताले कृष्णा र उनको परिवारप्रति निराशा व्यक्त गरेकी थिइन्। उनले आफूले कृष्णाको अनुहार नै हेर्न नचाहेको बताएकी थिइन्। कृष्णाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्।

‘मलाई थाहा छ माइजुले मेराविरुद्ध धेरै कुराहरु बोलेकी छिन्। म उदास भएको थिएँ। तर मलाई लाग्छ उनी मसँग धेरै निराश छिन् किनकी मलाई धेरै माया गर्छिन्। म अनुहार नै हेर्न चाँहदिनु भन्नुले पनि उनको मन दुखेको थाहा हुन्छ। र तपाई उसैसँग निराश बन्नुहुन्छ, जोसँग माया गर्नुहुन्छ।’

‘मलाई थाहा छ उनी मलाई धेरै माया गर्छिन्। नत्र यति धेरै घृणा किन,’ कृष्णाले प्रश्न गर्दै भनेका छन्, ‘यो कुरा आमाबाबुले मात्र भन्ने गर्छन्m जो आफ्नो बच्चासँग रिसाएका हुन्छन्। म मामा–माइजुलाई धेरै माया गर्छु।’

‘म चाहन्छु उनीहरु मलाई माफ गरिदिउन्। मैले धेरैपटक प्रयास गरिसकेको छु। मेरो माफी स्वीकार भएको छैन। म उनीहरुको छोराजस्तै हुँ। मलाई माफी गर्न किन तयार छैनन् ?’ कृष्णाले गुनासो गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट