बुधबार, भदौ ३०, २०७८
च्याम्पियन्स लिग : एकै खेलको पहिलो हाफमा ४ पेनाल्टी, नजिताले सबै च,कित

च्याम्पियन्स लिग : एकै खेलको पहिलो हाफमा ४ पेनाल्टी, नजिताले सबै च,कित


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२१–२२ शुरु भएको छ। मंगलबार राति समूह चरणका केही खेलहरु भए। ती खेलहरुकोमध्ये एक खेल सर्वाधिक चर्चामा रह्यो। सेभिया र साल्जवर्गको एउटै खेलको पहिलो हाफमा ४ पेनाल्टी प्र,हार भएको छ।

समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए। १–१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो।

पाहुना टोली साल्वगर्जले पहिलो हाफमै तीन पेनाल्टी पाए पनि एक मात्र गोल गर्न सक्यो। खेलको १३औं मिनेटमा साल्जवर्गका करिम अडेयमीको पेनाल्टी पोष्टभन्दा बाहिर गएको थियो। २१औं मिनेटमा साल्जवर्गले दोस्रो पेनाल्टी पायो। यसपटक लुका सुसिकले पेनाल्टीमा गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाए।

३७औं मिनेटमा फेरि पेनाल्टी पाउदा सुसुकिले गोल गर्न सकेनन्। उनको प्र,हार पोष्टमा लाग्यो। ४२औ मिनेटमा सेभियाले पनि पेनाल्टी पायो। त्यसमा इभान राकिटिकले गोल गर्दै खेल बराबरी गरे।

५०औं मिनेटमा युसुफ एन नसरी दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएपछि सेभिया दश खेलाडीमा समेटिएको थिए। त्यसपछि भने खेलमा कुनै गोल भएन र दुवै टोलीले १–१ अंक जोडे। च्याम्पियन्स लिगको एकै खेलमा ४ पेनाल्टी भएको यो पहिलो पटक हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट