बुधबार, भदौ ३०, २०७८
रोनाल्डोले बनाए अर्को कीर्तिमान, किन जिताउन सकेनन् म्यानचेस्टरलाई युनाइटेडलाई ?

रोनाल्डोले बनाए अर्को कीर्तिमान, किन जिताउन सकेनन् म्यानचेस्टरलाई युनाइटेडलाई ?


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं –

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ ।

मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो ।

च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने कीर्तिमान बराबरी गरेका रोनाल्डोले खेलको १३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर वान बिसाकाले रातो कार्ड खाएपछि युनाइटेड खेलको ३५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बन्न पुग्यो ।

यसको फाइदा उठाउँदै माउमी एनगामालेउले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अग्रसर बनिरहँदा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका जेसे लिन्डगार्डले गल्ती गरेपछि जोर्डन सिबात्चेउले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए ।

समूहको अर्को खेलमा भिल्लेरियाल र एटलान्टा २–२ को बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट