बुधबार, भदौ ३०, २०७८
अचानक माधव नेपालको नयाँ ‘मुभ’, बोलाए एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

अचानक माधव नेपालको नयाँ ‘मुभ’, बोलाए एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी असोज ५ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

नेकपा एमालेबाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् । प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट