मङ्लबार, भदौ २९, २०७८
चुरो’टको ल’त छुटाउनुछ ? अपनाउनुस् यी उपाय

चुरो’टको ल’त छुटाउनुछ ? अपनाउनुस् यी उपाय


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २९, २०७८

काठमाडौँ –

चु’रोट पिउनु स्वास्थ्यका लागि हा’नि’कारक छ । यसले ज्यानै जाने अनेक रोग निम्त्याउँछ । धेरै मानिसलाई चुरो’ट पिउने कु’लत हुन्छ । चाहेर पनि उनीहरू कुलत छुटाउन सक्दैनन् । तपाईंमा पनि यो कु’लत छ र छुटाउन खोज्दै हुनुहुन्छ भने डेली रूटिनमा केही योगासनहरू समावेश गर्नुस् । यहाँ बताइएका योगासन अपनाउँदा चु’रोट पिउने बानी छुट्छ ।

अनुलोम विलोम
नाकका दुवै प्वालबाट सास लिने र छोड्ने प्रक्रियालाई अनुलोम विलोम भनिन्छ । यसले दिमागलाई शान्त बनाउँछ ।

कपालभाती
भरपूर सास लिएर बिस्तारै छोड्ने योगविधि नै कपालभाती हो । यो प्राणायामले इच्छाशक्ति बलियो बनाउँछ र शरीरमा रक्तसञ्चार दुरुस्त राख्छ ।

सुखासन
धेरै मानिस तनावका कारण चुरोट पिउँछन् । सुखासनले तनाव हटाउँछ । शिर र गर्दनलाई सिधा राखेर अनि मेरुदण्डको हड्डीलाई सिधा राखेर बस्नुस् ।

शवासन
शरीरलाई खुकुलो छोडिदिएर सिधा पल्टिनुस् । यसका लागि एकाग्रता आवश्यक हुन्छ ।

-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट