सोमवार, भदौ २८, २०७८
किड्नी फेल हुनुभन्दाअघि शरीरले दिन्छ यस्तो संकेत

किड्नी फेल हुनुभन्दाअघि शरीरले दिन्छ यस्तो संकेत


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २८, २०७८

मानव शरीरको विभिन्न अंगहरुमध्ये किड्नी अर्थात मृर्गौला एक हो । मानव शरीरको अंगहरुको आ आफ्नो काम हुन्छ । पछिल्लो समय धेरै मानिसहरु यसको शिकार बनेका छन् । किड्नी फेल हुनु आज भोलि आम समस्या जस्तै बनिसकेको छ । मृगौला स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ किनकि मृगौलाले हाम्रो शरीरमा भएको सबै फोहोर हटाउने काम गर्दछ

मृर्गौला फेल हुनुभन्दा पहिला देखा पर्ने संकेतहरु

मिर्गौला वरिपरि दुखाइ- यदि व्यक्तिले मिर्गौला वरिपरि पीडा महसुस गर्दछ भने, यो मिर्गौलामा जम्मा हुने फोहोरको संकेत हुन सक्छ किनकि जब शरीरबाट फोहोर बाहिर निस्कन्दैन, तब सबै फोहोर मिर्गौला नजिकै जम्मा हुन्छ । जसको कारण, मिर्गौला नजिक अचानक दुखाई हुन शुरू हुन्छ।

खुट्टा सुनिनु- कहिलेकाहीं मृगौला खराब हुनु भन्दा अघि खुट्टा अचानक सुनिन आउँछ किनभने जब मिर्गौलाले फोहोर जमाउँछ, मिर्गौलाले राम्रोसँग काम गर्दैन र रगत प्रवाह सुस्त र ढिलो हुन्छ।

शरीरमा एलर्जी- मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन तब शरीरमा भएको फोहोर रगत मृर्गौलामा मिसिन्छ, जुन सम्पूर्ण शरीरमा फैलिदै जान्छ । जब मिर्गौलाले राम्रोसँग काम गर्न असमर्थ हुन्छ भने शरीरमा धेरै फोहोर जमाउँछ । जसको कारणले शरीरमा कुनै पनि चीजको कारणले एलर्जी हुन थाल्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट