सोमवार, भदौ २८, २०७८
सुरेन्द्र भण्डारीले विप्लवलाई दिए पृथ्वीनारायण शाहको तस्वीर उपहार

सुरेन्द्र भण्डारीले विप्लवलाई दिए पृथ्वीनारायण शाहको तस्वीर उपहार


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २८, २०७८

काठमाडौं –

‘नेपालका लागि नेपाली अभियान’का प्रमुख डा. सुरेन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पृथ्वीनारायण शाहको तस्वीर उपहार दिएका छन्।

भण्डारीले नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह भएको बताउँदै तस्वीर उपहार दिएका हुन्। मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको आमसभामा भण्डारीले उक्त तस्वीर दिएका हुन्।

एसीसीको विरोधमा मन्तव्य राखेका भण्डारीले विप्लवसहितका शक्तिसँग कार्यगत एकताको प्रस्ताव गरेका छन्। एमसीसीसँगै अरु कार्यक्रममा पनि साझा एजेण्डामार्फत् अघि बढ्न भण्डारीले आग्रह गरेका छन्।

भण्डारीले एमसीसी पारित हुन नदिन देशव्यापी आन्दोलनको आवश्यकता रहेको बताएका छन्। वर्तमान सरकारले एमसीसी पारित गर्ने प्रयास गरे त्यसको जवाफ आन्दोलनमार्फत् जवाफ दिने उनले बताए।

कार्यक्रमलाई नेकपा महासचिव विप्लवले पनि सम्बोधन गर्दैछन्। यसअघि, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुति, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतले सम्बोधन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट