बुधबार, साउन २७, २०७८
मनाङमा मर्स्याङ्दी नदीको बाढीले डेढ सय परिवार यसरी बने सुकुम्वासी (भिडियोसहित)

मनाङमा मर्स्याङ्दी नदीको बाढीले डेढ सय परिवार यसरी बने सुकुम्वासी (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बुधबार, साउन २७, २०७८

असारको पहिलो दिन मर्स्याङ्दी ,घट्टेखोला ,स्याफ्रू र तिमाङ खोलामा एक्कासी आएको बाढीले १ सय ५० भन्दा वढी घरपरिवार सुकुम्वासी बनेका छन् ।

अहिले पनि मर्स्याङ्दीको बहाव नघटेकाले तालगाउँका ५४ घरमध्ये अधिकांश घर पूरै डुबानमा छन् ।

मनाङको नोसों गाउँपालिकाको ताल गाउँका टेछिरिङ लामा पर्यटकीय सिजनमा होटल व्यवसायबाट वार्षिक १० लाख कमाउँथे । मर्स्याङ्दीको बाढीले दुई तले घर बगरमा परिणत भएपछि अहिले बगर हेरेर चित्त बुझाउनुपरेको छ । दिनभर बगर हेर्ने, रात परेपछि मात्र टेन्टमा सुत्न जाने गरेका छन् ।

त्यस्तै ताल गाउकै सन्त कुमारी परियार निकै चिन्तामा छन् । वर्षभरि खेतमा काम गरेर जीविकोपार्जन गर्ने उनी घरसँगै खेत पनि बगर बनेपछि अब कसरी जीवन निर्वाह गर्ने भन्ने उनको चिन्ता छ ।

अहिले पनि उनी नदीको बहाव नघटेकाले तालगाउँका ५४ घरमध्ये एक दुई घरबाहेक अरु सबै घर डुवानमा छन् । मर्स्याङ्दी नदीको किनारमा रहेका तालगाउँ, धारापानी, ताचै, चामे लगायतका सयौा घर अझै उच्च जोखिममा छन् । मनसुन शुरु हुने बित्तिकै आएको बाढीले सयौं रोपनी जग्गा र ७० भन्दा धेरै घर बगाएको छ ।

बाढीपहिरोबाट भएको क्षतिको जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरुले अझै यकिन विवरण निकाल्न सकेका छैनन् । घरखेत बगाएपछि मनाङका करिब १ सय ५० परिवार सुकुम्बासी बन्नुका साथै होटल व्यवसायबाट पनि विस्थापित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट