शनिबार, साउन २३, २०७८
उर्जामन्त्रीलाई नै लिएर बाढीपीडितको ‘सहयोग’का लागि मनाङ पुगे प्रचण्ड

उर्जामन्त्रीलाई नै लिएर बाढीपीडितको ‘सहयोग’का लागि मनाङ पुगे प्रचण्ड


  • स्वदेश नेपाल
  • शनिबार, साउन २३, २०७८

मनाङ –

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षण गर्न हिमाली पारिको जिल्ला मनाङ पुगेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई लिएर शनिबार मनाङ पुगेका हुन्।

असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा प्रचण्ड र मन्त्री भुसाल आएका हुन्। जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोग गर्ने बताइएको छ।

प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै माओवादी नेता तथा पूर्वमन्त्री देवप्रसाद गुरुङ र पूर्वमन्त्री टेकबहादुर गुरुङ पनि मनाङ आएका छन्। उर्जा सचिव, विद्युत प्राधिकरणका प्रमुखसहितका पदाधिकारी मनाङ आएका छन्।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

उनीहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ। बाढीपीडितलाई आवश्यक सहयाेग बनाउने उद्देश्य भ्रमण टाेलीकाे रहेकाे बताइएकाे छ।

विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।

मर्स्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट