बुधबार, साउन १३, २०७८
सांसद थापाको रिट निवेदनमा अन्तरिक आदेश दिन अस्वीकार

सांसद थापाको रिट निवेदनमा अन्तरिक आदेश दिन अस्वीकार


  • स्वदेश नेपाल
  • बुधबार, साउन १३, २०७८

काठमाडौं –

सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद कृष्ण थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। थापाले सांसद पद पुनःबहालीको माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदातलका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद पद पुनःबहाली गर्न माग गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

‘थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्या’गसम्बन्धी कानूनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाइएको देखिएको र निवेदकले उठाउनुभएको अन्य कानूनी प्रश्नको निरुपण पूर्ण सुनुवाइका अवस्थामा नै गर्नु मानसिक हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट