बिहिबार, असार २४, २०७८
युरोकप र कोपा अमेरिकामा ‘बेट’ लगाएपछि…

युरोकप र कोपा अमेरिकामा ‘बेट’ लगाएपछि…


  • स्वदेश नेपाल
  • बिहिबार, असार २४, २०७८

पोखरा –

युरोपेली देशहरूबीच जारी युरोकप–२०२० र र दक्षिण अमेरिकामा भइरहेको कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभि’योग’मा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प’क्रा’उ गरेको छ।

उक्त खलेहरूमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले भाइबर, ह्वाट्सएपजस्ता अनलाइनमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका–६ लेकसाइडस्थित होटलबाट प’क्रा’उ गरेको हो।

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकतावि’रुद्धको क’सुर अन्तरगत सट्टेबाजी गर्न नहुने क’सुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहबाट प्रहरीले ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प’क्रा’उ गरेको छ। एक थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने सोही उपमहानगरपालिका–१२ घर भएका अजिज प’क्रा’उ परेका हुन्।

हातहतियारसहित शं’का’स्प’द रुपमा हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोलसहित फेला पारेर प’क्रा’उ गरेको हो।

अजिजमाथि आवश्यक अनु’स’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। त्यसैगरी, दाङ दंङ्गिशरण गाउँपालिका–२ स्थित तिलकन्या सामुदायिक बनबाट एक थान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले प’क्रा’उ गरेको छ।

अ’वैध भरुवा बन्दुक साथमा लिएर शि’कार खेल्न हिँडेको अवस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी प’क्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा थप अनु’स’न्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट