बिहिबार, असार १७, २०७८
तनहुँमा पहिरोमा परी दुईको मृ’त्यु, बाढीले बगायो दोभानको पक्की पुल

तनहुँमा पहिरोमा परी दुईको मृ’त्यु, बाढीले बगायो दोभानको पक्की पुल


  • स्वदेश नेपाल
  • बिहिबार, असार १७, २०७८

तनहुँ – बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृ’त्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घा’इते भएको प्र’हरीले जानकारी दिएको छ।

पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलले ज्या’न गु’माएका हुन्। उनीहरूको घट’नास्थलमै मृ’त्यु भएको वडा सदस्य हर्कबहादुर थापाले जानकारी दिए।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घा’इते भएका छन्। पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए।

पहिरोमा पुरिएर घा’इते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए। घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाकी उपप्रमुख करुणा गुरुङले बताइन्।

घटनास्थल जाने बाटोहरू पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर त्यसतर्फ जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिएकी छिन्।

यसैगरी, तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ।

बुद्ध सिंह मार्ग अन्तरगत छा’ला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्र’हरी कार्यालय तनहुँले जानकारी दिएको छ।

छाब्दी खोलामा गयराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ, बेनिकोट, गुदी लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट