बुधबार, जेष्ठ ५, २०७८
दीपक मनाङेसहित ५ जना नयाँ मन्त्री थपिए, मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमै

दीपक मनाङेसहित ५ जना नयाँ मन्त्री थपिए, मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमै


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ ५, २०७८

पोखरा – गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्मा दीपक मनाङेसहित ५ जनालाई मन्त्री बनाएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङ र विना विभागीय मन्त्रीको जिम्मेवारीमा रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले पद तथा गोपनीयताको शपथ हुन्।

प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्तमन्त्रीहरूलाई शपथग्रहण गराएकी हुन्। युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका राजीव गुरुङ उर्फ दीपक मनाङे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका थिए।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेका थिए।

तर, स्वास्थ्यका कारण पछि सारेका थिए। मुख्यमन्त्री गुरुङ अहिले पनि होम आइसोलेसनमा बसिरहेका छन्।

मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको हो।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट