सोमवार, जेष्ठ ३, २०७८
धनकुटामा तीन दिनदेखि दुई ठुल्ठूला सर्प जुधेको जुध्यै (भिडियो)

धनकुटामा तीन दिनदेखि दुई ठुल्ठूला सर्प जुधेको जुध्यै (भिडियो)


  • स्वदेश नेपाल
  • सोमवार, जेष्ठ ३, २०७८

धनकुटामा दुई वटा सर्प तीन दिनदेखि जुधिरहेका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् । भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ ।

स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर जुधिरहेको छ । बस्ती नजिकै सर्प जुधेपछि स्थानीय त्रसित छन् । कोरोना महामारीमा पनि सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ । जनअआस्था बाट

यो पनि हेर्नुहोस्

सर्पका विष दन्तहरु यसरी बनेका हुन्छन :

मुखको माथिल्लो बंगारोमा अघिल्लोतिरको ठुला डुला दातहरु जसलाई विष दन्त भनिन्छ । एउटा विषबाहिनी नलीको प्रत्येक विष दन्तलाई टाउको दाँया बाँया र आँखाको पछाडि रहेको ग्रन्थिलाई जोडेको हुन्छ ।

विश्वभरका ७ सय भन्दा कम प्रजातिका सर्पहरुमा यस खालका विष उपकरणहरु हुन्छन, ती मध्ये एउटा सानो हिस्साले मात्र विशेष चिकित्सकीय महत्व राख्दछ ।

अहिलेसम्मको अभिलेखलाई हेर्दा नेपालमा ८९ प्रजातिका सर्पहरु भेटिएको छ । तर सर्पको सम्पुर्ण प्रजातिको संख्या भने अझै एकिन गर्न बाँकी नै छ । जिव विज्ञानको दृष्टिले नेपालको ठुलो भागमा अध्ययन भएकै छैन ।

नेपालमा पाइने सर्पहरु :

धेरै प्रकारका सर्प पाइने नेपालमा अहिले १७ प्रजातिका विषालु सर्प रहेको अनुमान छ । यी अति विषालु सर्पलाई २ समुहमा विभाजन गर्न सकिन्छ । गोमन, राजगोमन, करेत र मुगा सर्पहरु इलापिडी परिवारमा पर्दछन ।

नेपालमा बंगारस बंगारोइडस(पहाडी करेत), बंगारस सेरुलियस(चुरे सर्प), बंगारस लिभिडस(सानो कालो करेत), बंगारस नाइजर(ठुलो कालो करेत), बंगारस वाली(बैरी करेत), नाजानाजा (गोमन नाग), नाजा काओथिया (पनिया दराद), ओफियोफ्यागस हाना (राजगोमन,कालीनाग), साइनोमाइकुरस म्याक्लेल्यान्डी युनिभिरगाटस(मुगा सर्प कर्कट नाग),ड्यावोइया रसेली(बाघे सर्प), ग्लोइडियस हिमालयन(भ्याकुते सर्प )हिमालयोफिस तिबेतानस(हर्या सर्प), ओभोफिस मन्टीकोला(आँधो सर्प ) , प्रोटोबोथ्रोस प्रजनति, ट्राइमेरेसुरस सि. एस अल्बोल्याव्रीस (हर्यौ सर्प ) ट्राइमेरेसुरस सेप्टेनट्रियोनालीस (हर्यौ सर्प), लगायतका सर्प पाइन्छ । साथै नेपालमा मुखको पछाडिपट्टी लामो दाँत भएका प्रजाति सर्पहरु पनि पाइन्छ । सामान्यतया यस्ता सर्पहरुलाई कम खतरानक सर्पको रुपमा लिने गरिन्छ ।यसको पनि एक प्रजातिले भने मानिसलाई टोकेको खण्डमा विषका गम्भीर लक्षण देखिने सम्भावना रहेको देखिन्छ ।चितवन लगायत तराईको केही ठाँउमा पाइने भएता पनि यसको खतरा त्यति देखिदैन ।

केही सर्पहरु विशेष गरी करेतको साना विष दन्त हुन्छन् । करेतले टोकेको ठाउमा देखिने गरेर डसाईको चिन्ह नहुने हुदाँ कति विष पसाएको छ भनेर पुर्व अनुमान लगाउन पनि सकिदैन । सुरुको केही घण्टा भित्र समस्या नदेखिएता पनि विषका लक्षणहरु जस्तैः श्वास प्रश्वास रोकिने जस्ता घातक परिणाम देखिने संभावना हुन्छ । त्यसैल सबै सर्पका डसाईहरुलाई शुरुमा विरामीमा कुनै पनि डसाईका लक्षण नदेखिए पनि अस्पतालमा विरामीलाई २४ घण्टासम्म अवलोकन तथा निगरानीमा राखिनु पर्दछ ।

सर्प डसाईका चिन्ह र लक्षणहरू :

जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षणहरू: जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी देखिन सक्छन् । त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसञ्चारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट