बिहिबार, बैशाख १६, २०७८
दुई साता पनि नटिक्ने यो कम्युनिष्ट सरकारको कामै छैन – नवनियुक्त मन्त्री दीपक मनाङे

दुई साता पनि नटिक्ने यो कम्युनिष्ट सरकारको कामै छैन – नवनियुक्त मन्त्री दीपक मनाङे

विदेशी नेता मार्क्स, लेनिन र माओलाई आदर्श मान्ने पार्टी मलाई मनपर्दैन !


  • स्वदेश नेपाल
  • बिहिबार, बैशाख १६, २०७८

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि “पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेशको कम्युनिष्ट सरकार दुई साता पनि नटिक्ने र यो सरकारको कामै छैन, दुई हप्तामा जान सक्ने’ बताएका छन ।

पदभार ग्रहण गर्दै उनले भने, ‘जति समय बस्छु, परिवर्तन गरेर देखाउँछु ।’

गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागिरहेको बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङ्गेलाई मन्त्री नियुक्त गरेका हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका मनाङे तत्कालीन नेकपामा प्रवेश गरेका थिए। मुख्यमन्त्री गुरुङले उनलाई नेकपामा प्रवेश गराएका थिए।

पार्टी मन परेर भन्दा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गुन तिर्न एमालेको पक्षमा उभिएको उनको भनाइ थियो । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम मन परेर आफू नेकपा प्रवेश गरेको उनले बताए ।

‘एमाले र माओवादी छुट्टिएपछि म कतै पनि लागिन,’ उनले भने, ‘एमालेसँग मिलेर चुनाव लडेर जितेको हुँ । मुख्यमन्त्रीको गुन तिर्न पनि उनको पक्षमा उभिएँ ।’

विदेशी नेता मार्क्स, लेनिन र माओलाई आदर्श मान्ने पार्टी आफूलाई मन नपर्ने विचार उनले व्यक्त गरे ।

 

-कान्तिपुरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट